काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको छ । आज ६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९९ प्रतिशतले बढेर ५२३.५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको ०.१० प्रतिशत, आरबीसीएलको ०.३४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१० प्रतिशत, एशियन लाइफको ०.०२ प्रतिशत र आइएमई लाइफको ०.०३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वााधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९५ प्रतिशतले घटेर १३००.८५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.२५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१५ प्रतिशत, सलिकोको ०.७२ प्रतिशत, सानिमा जिआइसीको १.७० प्रतिशत र शिखर इन्स्योरेन्सको ०.५७ प्रतिशतले घटेको छ ।
यसका साथै सिटिजन लाइफको ०.३२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.९० प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७५ प्रतिशत, हिमालयन लाइफको ०.७९ प्रतिशत, एलआइसी नेपालको १ प्रतिशत, नेपाल लाइफको ०.३७ प्रतिशत, नेशनल लाइफको ०.५६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६३ प्रतिशत, सूर्यज्योति लाइफको ०.४७ प्रतिशत, सन नेपाल लाइफको १.०३ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.५१ प्रतिशतले घटेको छ ।
यता पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ ०.६४ प्रतिशतले घटेर ९९३.१३ रुपैयाँ कायम भएको छ भने नेपाल रि को सेयरभाउ ०.११ प्रतिशतले घटेर १६६३.८८ रुपैयाँ कायम भएको छ ।