सोमबार, कार्तिक २,२०८३ 04:31:07
  • सोमबार, कार्तिक २,२०८३ 04:31:08
Global IME Bank Limited

सेयरबजारको गिरावटमा लाग्यो ब्रेक, आज सबै समूह हरियाली

Bizshala
सेयरबजारको गिरावटमा लाग्यो ब्रेक, आज सबै समूह हरियाली
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.७६ प्रतिशत अर्थात ४४.२५ अंकले बढेर २ हजार ५४७.६० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले बढेर ४४४.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले हिजो अस्तिको बजार चलखेल भएको कारण घटेको आरोप लगाए । पाण्डेले भने, ‘केही साथीहरुले कारोबार समयमा नकरात्मक स्टाटस लेखे । केही अफवाह फैलिए, त्यही कारण बजार प्यानिक भयो । तर आज धितोपत्र बोर्डको पहलमा लगानीकर्ताहरुलाई विश्वस्त पार्ने काम भएको , असोज मसान्तको प्रभाव पनि कम भएको कारण बजारमा सुधार आएको छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले अब मार्जिन कलको सम्भावना पनि कम हुँदै जाँदा बजारले गति लिने विश्वास व्यक्त गरे । अर्का बजार जानकार विरेन्द्र विष्टले अहिले बजार राजनीतिक महोलकै कारण घटेको प्रतिक्रिया दिए । उनले राजनीतिक विषय प्रष्ट हुने बित्तिकै बजारले गति लिने बताए। ‘अन्यथा बजार एक डेढ सय अंक तल माथी हुने हो,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात ५.०१ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह आज ०.२८ प्रतिशत, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल ३.३५, हाईड्रो २.१०, लगानी २.२७,जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, लघुवित्त ०.६३, म्युचुअल फण्ड ०.३२, निर्जीवन बीमा १.४४ र व्यापार समूह २.८१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ९१ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २६ करोड ४७ लाख, सीईडीबी होल्डिङको २० करोड ९२ लाख र हिमालयन रि इन्स्योरेन्सको १८ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माईक्रो इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, क्रेष्ट माईक्रो लाइफ र इमर्जिङ नेपालको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य पनि आज ९.८२ प्रतिशत, बुटवल पावर कम्पनीको ८.९८,सीईडीबी होल्डिङको ८.४५ र एशियन हाईड्रोको सेयरमूल्य ७.७२ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.२६ प्रतिशतले बढ्यो । थ्रिस्टार हाईड्रोको सेयरमूल्य पनि आज ४.४५, समता घरेलु लघुवित्त ३.५३ र महुली लघुवित्तको सेयरमूल्य २.६२ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.