Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 04:13:02
Bizshala
Global IME Bank Limited

चार दिनको वृद्धिपछि आज घट्यो सेयरबजार, जानकार भन्छन्, ‘लो क्याप कम्पनीले मात्रै बजार चलायमान हुँदैन’

चार दिनको वृद्धिपछि आज घट्यो सेयरबजार, जानकार भन्छन्, ‘लो क्याप कम्पनीले मात्रै बजार चलायमान हुँदैन’
New Office

काठमाण्डौ । पछिल्लो चार कारोबार दिनदेखि बढिरहेको सेयरको बजार आज घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात १५.४३ अंकले घटेर २ हजार ५४५.४० विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४५२.३४ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १९ करोड ८९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबारमा भने ३ अर्ब ८३ करोड १५ लाख बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजारमा अहिले विशेषगरी पैसाको अभाव छ । ठूला लगानीकर्ता वा संस्थागत लगानीकर्ताहरु बजारमा प्रवेश नगर्दासम्म मार्केट माथि जाने छाँटकाँट देखिदैन । केही स्क्रिप्टहरु बाहेक अन्य कम्पनी चल्न सकेका छैनन् । लो क्याप कम्पनीले मात्रै बजार चलायमान हुँदैन । मार्केट सस्टेन हुन फन्डामेन्टल रुपमा बलिया कम्पनी जसले राम्रो लाभांश दिन सक्छन् त्यस्ता कम्पनीहरु चल्नुपर्छ ।’

उनले थपे, ‘साथै धितोपत्र बोर्डले अब सेयर बेच्नका लागि नोटिस निकाल्नुपर्ने व्यवस्था गरेको छ, यस्तो व्यवस्थाले पनि बजारलाई प्रभावित बनाएको छ । बजारलाई पैसाको खाँचो छ, संस्थागत लगानीकर्ता नआउँदासम्म बजार बढ्दैन । लगानीकर्ताहरु पनि ट्रेन्डको पछि लाग्नु हुँदैन । अबका दिनमा सरकारले पूँजीबजारका लागि के कस्तो पोलिसी ल्याउँछ त्यसमै मार्केटको भविष्य निर्धारण हुन्छ । आगामी दिनमा अब संस्थागत लगानीकर्ताहरु कसरी आउँछन् त्यसले बजारको बाटो निर्धारण गर्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज विकास बैंक समूह सर्वाधिक अर्थात २.३७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१६ प्रतिशत, फाइनान्स १.०८,  होटल १.३८, हाईड्रो ०.४९, लगानी ०.८२, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.२८, लघुवित्त ०.२५, म्युचुअल फण्ड ०.५१, निर्जीवन बीमा १.५७, अन्य ०.५२ र व्यापार १.५६ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४२ करोड ७६ लाख बढीको सेयर कारोबार भयो । यस्तै सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ६७ लाख र सोलु हाईड्रोको १४ करोड ५७ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर लोहरे खोला हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै शुभम् पावरको सेयरमूल्य ६.४० र बाराही हाईड्रोको सेयरमूल्य ५.७९ प्रतिशतले बढ्यो ।

यो दिन इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १४.९९ प्रतिशतले घट्यो । यस्तै कालिञ्चोक दर्शनको सेयरमूल्य १४.२८ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य १२.०४ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.