आईतवार, भाद्र २३,२०८१ 10:45:32
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:45:32
IME remit
Global IME Bank Limited

सलिकोसहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, शिखरका सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
सलिकोसहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, शिखरका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । 

जीवन बीमा समूह ०.८१ प्रतिशत र निर्जीवन बीमा समूह ०.३१ प्रतिशतले घटेको छ । आज ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सगरमाथा लुुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४७ प्रतिशलते बढेर ६९४.९० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ०.७१ प्रतिशतले बढेर ६३६.५० रुपैयाँ, सिद्धार्थ प्रिमियरको ०.२५ प्रतिशतले बढेर ७९३ रुपैयाँ, सिटिजन लाइफको ०.१० प्रतिशतले बढेर ४८२ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ०.०८ प्रतिशतले बढेर ८३३ रुपैयाँ पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यस्तै, आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य १.५६ प्रतिशतले घटेर ६८९० रुपैयाँ कायम भएको छ । यसका साथै नेपाल लाइफको १.३७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.२९ प्रतिशत, एलआइसी नेपालको १.२३ प्रतिशत, सन नेपाल लाइफको १.११ प्रतिशत, नेशनल लाइफको १.०२ प्रतिशत, हिमालयन एभरेष्टको ०.८५ प्रतिशत, आइएमई लाइफको ०.८१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७५ प्रतिशत, सुर्यज्योति लाइफको ०.६९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६८ प्रतिशत, सानिमा जिआइसीको ०.६४ प्रतिशत, युनाइटेड अजोडको ०.६२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.५७ प्रतिशत, आरबीसीएलको ०.४५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३८ प्रतिशत, हिमालयन लाइफको ०.३७ प्रतिशत, एशियन लाइफको ०.१८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X