काठमाण्डौ । बुधबारको कारोबारमा सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३६ प्रतिशत अर्थात ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३३ प्रतिशतले घटेर ४६७.४६ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३५ करोड ६६ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ७ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार बिरेन्द्र विष्ट भन्छन्, ‘केही दिन बजार लगातार बढेका कारण आज करेक्सन देखिएको छ, यसलाई सामान्य नै मान्नुपर्छ । बजार लगातार बढ्नु पनि अस्वभाविक हुन जान्छ । अहिले लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्दै गएको छ । माहोल पनि पोजेटिभ हुँदै गएको छ । केही दिन लगातार बढेको र्यालीले गर्दा आज सामान्य करेक्सन देखिएको हो । अब केही दिनसम्म यस्तै सामान्य अंकको उचारचढाव देखिन सक्छ । लगानीकर्ताहरुको मनोबल विस्तारै बढ्दै गएका कारण बजारले विस्तारै आफ्नो गति समाउन सक्ने सम्भावना छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज जीवन बीमा समूह सर्वाधिक घट्यो। यो समूह आज २.०४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.२२, विकास बैंक १.३६ प्रतिशत, फाइनान्स १.०९, हाईड्रो १.६६, होटल ०.९८, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, लघुवित्त १.३१, म्युचुअल फण्ड ०.१५, निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार समूह १.२६ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३८ करोड ३४ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पीनि मिल्सको २१ करोड २५ लाख, हिमालयन डिस्टीलरीको २० करोड ५४ लाख र आँखुखोला जलविद्युतको १७ करोड २९ लाख बढीको सेयर कारोबार भयो।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लााग्यो । आज धौलागिरी लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.४४ प्रतिशतले बढ्यो ।
यो दिन फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ८.५४ प्रतिशतले घट्यो । यस्तै माउण्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमूल्य ५.७२ र कालिका लघुवित्तको सेयरमूल्य ५.२६ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
1 प्रतिक्रियाD***
नापियो सामान्य करेक्सन ! बढदा २ रुपिया घटढा ५० रुपिया घटाउने
42 मिनेट अगाडी