बुधबार, असार १०,२०८३ 04:10:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:10:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चार दिनपछि नेप्सेमा हरियाली, दुईवटा बाहेक अन्य सबै समूह बढे

Laxmi Sunrise Bank Limited
चार दिनपछि नेप्सेमा हरियाली, दुईवटा बाहेक अन्य सबै समूह बढे

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २३.१९ अंकले बढेर २ हजार ६५३.०९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले बढेर ४५१.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

यससँगै आज बजारमा चार दिनपछि हरियाली छाएको छ ।  

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘अब सिजिनल हिसाबले पनि बजार बढ्ने समयनै हो । लामो समय चल्न नसकेको संसद चल्ने, बाफियाको प्रभाव पनि तत्कालै नदेखिने भएसँगै र गभर्नर पनि पूँजी बजारप्रति सकारात्मक देखिएकाले बजारमा अब सकारात्मक माहोल बन्दैछ ।’

अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले पनि बजार घट्न रोकिएको बताए । ‘प्राविधिक रुपमा हालको बढोत्तरी २७४० देखि २७५० सम्म बजार फेरि एकपटक पुग्न सक्छ । हाईड्रोमा पहिलेदेखि नै खेलाडी लागेकाले विकास बैंकपछि अहिले लगानीकर्ता फेरि हाईड्रोतर्फ फर्किएको छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात २.७५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.५९ प्रतिशत, विकास बैंक ०.०७, फाइनान्स ०.८७, हाईड्रो २.४७, लगानी १.२९, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त ०.५४, म्युचुअल फण्ड ०.०३, निर्जीवन बीमा ०.४५ र व्यापार समूह ०.७१ प्रतिशतले बढ्यो ।  

यो दिन होटल र जीवन बीमा समूह मात्रै घटे । यी समूहहरु आज क्रमशः ०.०४ र ०.०८ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६२ करोड २८ लाख बढीको कारोबार भयो । युनिभर्सल पावरको पनि आज ५४ करोड ९५ लाख, बुटवल पावरको ५१ करोड ३५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बुटवल पावर, मकर जितुमाया सुरी, पियोर इनर्जी, दोल्ती पावर,बिन्ध्यवासिनी हाईड्रोपावर र मायोखोला हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

मेन्छियाम हाईड्रोपावरको सेयरमूल्य पनि आज ९.२९ प्रतिशत, घलेम्दी हाईड्रोको ९.१४ र उन्नती सहकार्यको सेयरमूल्य ७.८५ प्रतिशतले बढ्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सार्वधिक अर्थात ८.६१ प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि आज ८.१८ प्रतिशत,मिथिला लघुवित्तको ५.२८ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.०८ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.