सोमबार, श्रावण १८,२०८३ 11:40:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:28
Bizshala
Global IME Bank Limited

लगातार ७ दिन बढ्यो नेप्से, कारोबार साढे १९ अर्बमाथि

लगातार ७ दिन बढ्यो नेप्से, कारोबार साढे १९ अर्बमाथि
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ५.१७ अंकले बढेर २ हजार ९७८.८८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले घटेर ५१६.८२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै सेयरबजार लगातार ७ दिन बढेको छ ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘हालको बजार अप ट्रेण्डमै चलिरहेको छ । केही समूहमा बुल सुरुवाति चरणमा रहेको छ । ब्याजदर न्यून हुनु र बजार अनुकुल नीति हुनु र एनआरएनलाई समेत बजार प्रवेश गराउने धितोपत्र बोर्डको योजनाका कारण बजारमा उत्सास देखिएको छ ।’

यद्यपी लगानीकर्ताले लगानी गर्दा भने स्क्रिप्टमा ध्यान दिनुपर्ने उनले बताए । प्राविधिक रुपमा छोटो टाइम फ्रेममा २९५० मा सपोर्ट लिएर फर्कनु सकारात्मक विषय भएको र बजारले छिट्टै ३ हजार विन्दुलाई ब्रेक गर्ने विश्वास उनले व्यक्त गरे ।  

अर्का बजार जानकार पर्वत विष्टले आज इन्ट्रा डे करेक्सन हुँदै बजार सुधार हुनु सकारात्मक पक्ष भएको बताए । बजार ३ हजार विन्दु नपुगी ठूलो करेक्सनको सम्भावना ारहेको समेत उनले बताए । ‘गभर्नरसँग लगानीकर्ता विश्वस्त भएका कारण नै बजार सुधारको चरणमा रहेको छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने ६ वटा समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.४३ प्रतिशतले बढ्यो ।  

यस्तै हाईड्रो समूह १.०४, लगानी १.१६, उत्पादन तथा प्रशोधन ०.५२,म्युचुअल फण्ड ०.२०, अन्य १.४० र व्यापार समूह ०.३५ प्रतिशतले बढ्यो ।  

होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.०७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०५ प्रतिशत, विकास बैंक ०.६८, जीवन बीमा ०.४८,लघुवित्र ०.४६ र निर्जीवन बीमा समूह ०.३७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ७८ करोड १० लाख बढीको सेयर कारोबार भयो । शिवम् सिमेन्टको पनि आज ७५ करोड २९ लाख, निफ्राको ६२ करोड ३३ लाख,बुटवल पावरको ६२ करोड २५ लाख र नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । ट्रेड टावर र सान्भि इनर्जीको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो । ग्रीन भेन्चर लिमिटेडको सेयरमूल्य आज ९.४० प्रतिशत,लिबर्टी इनर्जीको ७.०८ र वेष्ट फाइनान्स कम्पनीको सेयरमूल्य ५.९७ प्रतिशतले बढ्यो ।  

भूगोल इनर्जीको सेयरमूल्यमा आज सर्वाधिक अर्थात ५.३२ प्रतिशतको गिरावट आयो । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.२६ प्रतिशत,अभियान लघुवित्तको ४.१३ र आरएसडीसी लघुवित्तको सेयरमूल्य ४.१० प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.