बुधबार, असार १०,२०८३ 02:25:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:25:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

झिनो अंकले बढ्यो सेयरबजार, कारोबार ३.४९ अर्ब

Laxmi Sunrise Bank Limited
झिनो अंकले बढ्यो सेयरबजार, कारोबार ३.४९ अर्ब

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३१ अंकले बढेर २ हजार ५४४.९१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले घटेर ४४०.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न सकिरहेको छैन । दीर्घकालिन लगानी गर्नेहरु विशेषगरी मौद्रिक नीतिको समिक्षाको पखाईमा पनि छन् । अहिले जति पनि कारोबार भइरहेको छ, त्यो सबै ट्रेडरहरुबाट भएको कारोबार हो । अझैपनि केही समूहले आन्दोलन गर्ने कुराले लगानीकर्ताहरु त्रसित पनि छन् । यस्ता विषयले लगानीकर्तामा मनोबल बढ्न सकिरहेको छैन । अब लगानीकर्ताले अपेक्षा गरेअनुसार र राष्ट्र बैंकले पनि केही सहजीकरण गरी मौद्रिक नीतिको समिक्षा ल्याएमा बजारमा केही सुधार हुन सक्छ ।’

New Office
CG Motors
Garima Development Bank

अर्का बजार जानकार दामोदर गजुरेल पनि अहिलेको बजार साइड वेजमा चलिरहेको बताउँछन् । उनी भन्छन्, ‘बजार न घट्छ न त बढ्न नै सक्छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । बजारलाई पछिल्लो समय राजनीतिक विषयले नै बढी प्रभाव पारिरहेको छ । लगानीकर्ताहरुले बजारमा सीमित स्क्रिप्टहरु मात्रै चलाइरहेका छन्, यसकारण कारोबार पनि बढ्न सकिरहेको छैन । केही समयसम्म बजार यहि आसपासमै रहने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.७९ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह ०.१२ प्रतिशत, फाइनान्स ०.०९, होटल ०.७२, हाईड्रो ०.२२, म्युचुअल फण्ड ०.२० प्रतिशत र लघुवित्त समूह ०.४५ अंकले बढ्यो ।  

 निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.४६ प्रतिशतले घट्यो । विकास बैंक समूह ०.०८, लगानी ०.०७, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.२९ र अन्य समूह ०.२४ प्रतिशतले घट्यो ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन पावर पार्टनरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १६ करोड ८० लाख बढीको कारोबार भयो । हिमालयन डिष्टिलरीको पनि आज १३ करोड ९१ लाख, युनियन हाईड्रोपावरको १३ करोड ३० लाख, उनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ५ लाख र साहस उर्जाको १२ करोड २३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज माबिलुङ इनर्जी, स्वेत संगा हाईड्रो, सागर डिष्टिलरी, बन्दीपुर केवलकार, रुरु जलविद्युत र बुङ्गल हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै दरमखोला हाईड्रोको सेयरमूल्य ६.८८ प्रतिशत, भूगोल इनर्जीको ४.९९ र दोल्ती पावरको सेयरमूल्य ४.२० प्रतिशतले बढ्यो ।  

यो दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक अर्थात ४.८२ प्रतिशतले घट्यो । इष्टर्न हाईड्रोपावरको सेयरमूल्य पनि आज ३.७० प्रतिशत र वेष्ट फाइनान्सको सेयरमूल्य ३.१८ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.