आईतवार, असार १५,२०८२ 09:50:16
  • आईतवार, असार १५,२०८२ 09:50:16
Global IME Bank Limited

सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा चैत मसान्तको दबाब कायमै’

Hyundai Nepal
सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा चैत मसान्तको दबाब कायमै’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६६ अंकले बढेर २ हजार ६७६.२८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४६.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘बजारमा चैत मसान्तको प्रभाव अझै रहेको देखिन्छ । ब्रोकरहरुले यतिबेला लिमिट टाइट गरेका छन् । बैंकहरुले पनि नयाँ कर्जा रोकेका छन् । यस कारण बजारमा अहिले सूचक र कारोबारमा खासै सुधार नआएको हो ।’

आज बजार सकारात्मक हुनु भने सुखद पक्ष रहेको र गभर्नरको विषयले बजार साइडवेज चलेको उनले बताए ।  

नेपाल सेयरधनी संघका कोषाध्यक्ष खोमनाथ प्याकुरेलले पनि बजारमा चैत मसान्तकै दबाब बढी देखिएको बताए । ‘यो प्रभाव अझै १–२ दिनसम्म रहन सक्छ । र आगामी साताबाट बजारले राम्रै गति लिन सक्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । होटल समूह आज सर्वाधिक अर्थात २.६५ प्रतिशतले बढ्यो । विकास बैंक ०.४२, फाईनान्स ०.४४,हाईड्रो ०.१९, लगानी १.५६,जीवन बीमा ०.३०,उत्पादन तथा प्रशोधन १.४२, लघुवित्त ०.२६,म्युचुअल फण्ड ०.५७, निर्जीवन बीमा ०.८३ र अन्य समूह ०.३५  प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह र व्यापार समूह आज क्रमशः०.०३ र ०.४० प्रतिशत।ले घटे । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४२ करोड ७५ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङकाृ पनि आज ३० करोड २२ लाख,हिमालयन रि इन्स्योरेन्सको २७ करोड ४४ लाख,नेपाल पुनर्बीमाको २२ करोड ७२ लाख र राधी विद्युत कम्पनीको २० करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो ।  

यस्तै बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ५.१६ प्रतिशत,सोल्टी होटलको ४.१७ र ङादी ग्रुप पावरको सेयरमूल्य ३.५८ प्रतिशतले बढ्यो ।  

सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.०५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.