शनिबार, फाल्गुन १०,२०८१ 10:06:25
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:06:25
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘बजेट पछि बजारले नयाँ दिशा निर्धारण गर्नेछ’

Hyundai Nepal
नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘बजेट पछि बजारले नयाँ दिशा निर्धारण गर्नेछ’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो वृद्धि भएको छ । आज नेप्से परिसूचक र ०.०३ प्रतिशत अर्थात ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले बढेर ३५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रेम ओली भन्छन्, ‘राजनीतिक अन्यौलताका कारण विगत केहि समयदेखि बजारले गति लिन सकिरहेको छैन । सरकार परिवर्तन हुने हल्लाले पनि लगानीकर्ताहरुमा आत्मविश्वासको कमी देखिएको छ । मौद्रिक नीतिको समीक्षामा पनि पूँजी बजारको सुधारको विषयमा केहि सम्बोधन हुने छाँटकाँट देखिदैन ।’

ब्रोकर कमिशन र बैंकको ब्याजदर घटेपनि सरकारको नीतिमा समावेश भएको पूँजी बजारको विषयलाई लगानीकर्ताले विश्वास गर्न नसकेको ओलीले बताए । ‘आगामी बजेटमा लगानीकर्ताहरु गूड न्यूजको प्रतिक्षामा छन् । अब आगामी बजेटपछि बजारले नयाँ दिशा तय गर्नेछ ।’  

अर्का बजार जानकार अर्जुन थापा भन्छन्,‘अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि बजारमा आईरहेका नकारात्मक खबरले लगानीकर्ता हतोत्साहित बनेका छन् । सबै कुरा पोजेटिभ हुँदा पनि सेयर बजारमा सुधार हुन सकेको छैन ।’

नेप्से अहिले न्यून विन्दुमा आईसकेको र वाणिज्य बैंकहरुको सेयर आईपीओको मूल्यमा पाउन थालेको उनले बताए । ‘अर्थमन्त्रीले पनि बजार सुधार गर्ने बाचा गरेका छन् । त्यसैले जेठ १५ गतेपछि बजारमा क्रमिक सुधार आउन सक्छ ।’ थापाले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहमा मात्रै हरियाली छाएको छ भने अन्य ११ वटा समूहमा रातो पोतिएको छ । आज लघुवित्त समूह ३.८० प्रतिशत र अन्य समूह ०.२२ प्रतिशतले वृद्धि भएको छ ।  

यो दिन वित्त समूहमा सबैभन्दा धेरै गिरावट आयो । वित्त समूह आज १.४५ प्रतिशतले घट्यो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

 

त्यस्तै आज बैंकिङ समूह ०.२२, विकास बैंक १.०७,होटल ०.८२,हाईड्रो ०.४५,लगानी ०.१६,नीवन बीमा ०.४४,उत्पादन तथा प्रशोधन ०.४३,म्युचुअल फण्ड ०.३५,निर्जीवन बीमा ०.८५ र व्यापार समूह ०.७९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक  अर्थात ४३ करोड ९० लाख बढीको सेयर कारोबार भयो । आज पोखरा फाइनान्सको ११ करोड ८७ लाख,पिपुल्स पावर ७ करोड २१ लाख,हिमालयन लघुवित्त ७ करोड २८ लाख र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज हिमालयन लघुवित्त,जाल्पा सामूदायिक लघुवित्त,श्रृजनशिल लघुवित्त,स्वाभिमान लघुवित्त र सिईडिबि हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य आज करिब १० प्रतिशतले बढ्यो ।  

आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ९.०३,धौलागिरी लघुवित्तको ८.६१ र अभियान लघुवित्तको सेयरमूल्य ८.४९ प्रतिशतले बढ्यो ।  

आज माण्डु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.७६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.