बुधबार, असार १७,२०८३ 12:52:43
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:52:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुईउपसूचकमध्ये आज जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.४१ प्रतिशतले घटेको छ । आज १४ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ २.३७ प्रतिशतले बढेर ७७८ रुपैयाँ पुगेको छ । त्यस्तै, जीवन बीमातर्फ एशियन लाइफको ०.४९ प्रतिशत, आइएमई लाइफको ०.५१ प्रतिशत, नेपाल लाइफको ०.४१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३९ प्रतिशत, सुर्यज्योति लाइफको ०.४५ प्रतिशत, सन नेपाल लाइफको १.६३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२४ प्रतिशतले सेयरभाउ बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

यसका साथै निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्सको १.४३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५८ प्रतिशत, सलिकोको ०.९७ प्रतिशत, शिखरको ०.०६ प्रतिशत र सिद्धार्थ प्रिमियरको १.२३ प्रतिशतले सेयरभाउ बढेको छ भने पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ ०.१५ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९९ प्रतिशतले घटेर १००५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, हिमालयन एभरेष्टको ०.९६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४८ प्रतिशत, नेपाल इन्स्यो्रेन्सको १.४४ प्रतिशत, आरबीसीएलको ०.८१ प्रतिशत, सानिमा जिआइसीको १.३२ प्रतिशत, युनाइटेड अजोडको ०.१६ प्रतिशत, हिमालयन लाइफको ०.३१ प्रतिशत, एलआइसी नेपालको ०.२६ प्रतिशत र नेशनल लाइफको २.१६ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.