बिहीबार, असार ११,२०८३ 11:20:14
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:20:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘सामान्य नाफा बुक’

Laxmi Sunrise Bank Limited
नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘सामान्य नाफा बुक’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्सें) मा दोहोरो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.८२ प्रतिशत अर्थात २२.३५ अंकले घटेर २ हजार ६८४.०१ विन्दुमा सीमित बनेको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ४५९.६६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  आज बजारको गिरावट सामान्य करेक्सन मात्रै हो । अब बजार यो भन्दा धेरै तल घट्दैन। पाँच सात दिनसम्म लगातार बढेको बजारमा आज सामान्य करेक्सन देखिएको हो ।’

थापाले बजारमा असार मसान्तको दबाब पनि आउने भएकाले एक दुई दिनसम्म बजार अझै घट्न सक्ने समेत आँकलन गरे। ‘बजार ५० अंकसम्म घटेर फेरि माथि जाने देखिन्छ,’ उनले भने । ‘  

New Office
CG Motors
Garima Development Bank

यस्तै अर्का बजार जानकार निमानन्द कँडेलले आज बजार घट्नुको मुख्य कारण करेक्सन भएको बताए। ‘चार पाँच दिनसम्म बढेको बजारमा आज नाफा बुक हुँदा सेलिङ प्रेसर देखिएको हो। यो सातासम्म बजार अझै घट्ने जस्तो देखिन्छ। साथै आज बजार घट्नुको कारण भनेको असार मसान्तको दबाब पनि हो,’ उनले भने, ‘उधारो कारोबार कारण पनि आज बजार घटेको हो। सम्भवत अर्को सातादेखि बजार फेरि सामान्य अंकले बढ्न सक्ने देखिन्छ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह ०.६३ र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बढे ।  

फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.६९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.८२ प्रतिशत, विकास बैंक १.३१,हाईड्रो ०.८९, लगानी ०.८१,जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन १.११,लघुवित्त ०.६०,निर्जीवन बीमा ०.५९, अन्य ०.०८ र व्यापार समूह १.२४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८० करोड ७० लाख बढीको सेयर कारोबार भयो । गार्डियन माइक्रो लाइफको पनि आज ४१ करोड ७१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड १७ लाख, साहस उर्जाको २० करोड ४५ लाख र ङादी ग्रुप पावरको १९ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज माथिल्लो मंलुङखोला जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात ६.५६ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ६.२८ प्रतिशत, भगवति हाईड्रोको ४.०६,सिन्धु विकास बैंकको ३.७४ र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य ३.५९ प्रतिशतले बढ्यो ।  

राप्ती हाईड्रोको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.६६ प्रतिशत, नेपाल फाइनान्सको ५.३९ र समृद्धि फाइनान्सको सेयरमूल्य ४.५९ प्रतिशतले ओरालो लाग्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.