सोमबार, कार्तिक २,२०८३ 04:31:04
  • सोमबार, कार्तिक २,२०८३ 04:31:04
Global IME Bank Limited

सूचक र कारोबार दुवै घट्यो, व्यापार समूह भने सर्वाधिक बढ्यो

Bizshala
सूचक र कारोबार दुवै घट्यो, व्यापार समूह भने सर्वाधिक बढ्यो
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १६.६८ अंकले घटेर २ हजार ७०६.४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४५६.६६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत बिहिबार पानै ११ अर्बको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘आज २–३ वटा कारणले सेयर बजारमा गिरावट देखियो । आन्दोलन हुनु, गभर्नर नियुक्तीमा अन्यौलता छाउनु र अल्पकालिन लगानीकर्ता हाबी हुुनु जस्ता कारणले आज बजार घट्न पुगेको छ ।’

यद्यपी बैंकहरुको रिपोर्ट राम्रै आएकाले बजारमा लगानीको वातावरण भने कायमै रहेको उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि आज राप्रपाको आन्दोलन र गभर्नर नियुक्तीमा भएको ढिलाइका कारण बजार ओरालो लागेको बताए । यद्यपी एक दुई दिनमै बजार सम्हालिने उनले विश्वास व्यक्त गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । व्यापार समूह १.०६, उत्पादन तथा प्रशोधन ०.५५ र लगानी समूह आज ०.०७ प्रतिशतले बढे ।  

होटल समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३० प्रतिशत, बैंकिङ ०.७७, विकास बैंक १.०६, फाइनान्स १.१९,हाईड्रो १.०९, जीवन बीमा ०.७८,लघुवित्त ०.४४,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा ०.०६ र अन्य समूह १.१९ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६८ करोड ७६ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५७ करोड २७ लाख,बलेफी हाईड्रोपावरको ५६ करोड ६७ लाख र निफ्राको ३८ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

राधी विद्युतको सेयरमूल्य आज ६.३७ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ६.११ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.३२ प्रतिशतले बढ्यो ।  

बलेफी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.४७ प्रतिशतले घट्यो । यस्तै हिमालयन पावर पाटर्नरको ७.०२ प्रतिशत,सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७२ र सुपर मादी हाईड्रोको सेयरमूल्य ४.२९ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.