आईतवार, असार १५,२०८२ 09:25:10
  • आईतवार, असार १५,२०८२ 09:25:10
Global IME Bank Limited

सूचक र कारोबार दुवै घट्यो, व्यापार समूह भने सर्वाधिक बढ्यो

Hyundai Nepal
सूचक र कारोबार दुवै घट्यो, व्यापार समूह भने सर्वाधिक बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १६.६८ अंकले घटेर २ हजार ७०६.४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४५६.६६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

गत बिहिबार पानै ११ अर्बको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘आज २–३ वटा कारणले सेयर बजारमा गिरावट देखियो । आन्दोलन हुनु, गभर्नर नियुक्तीमा अन्यौलता छाउनु र अल्पकालिन लगानीकर्ता हाबी हुुनु जस्ता कारणले आज बजार घट्न पुगेको छ ।’

यद्यपी बैंकहरुको रिपोर्ट राम्रै आएकाले बजारमा लगानीको वातावरण भने कायमै रहेको उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि आज राप्रपाको आन्दोलन र गभर्नर नियुक्तीमा भएको ढिलाइका कारण बजार ओरालो लागेको बताए । यद्यपी एक दुई दिनमै बजार सम्हालिने उनले विश्वास व्यक्त गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । व्यापार समूह १.०६, उत्पादन तथा प्रशोधन ०.५५ र लगानी समूह आज ०.०७ प्रतिशतले बढे ।  

होटल समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३० प्रतिशत, बैंकिङ ०.७७, विकास बैंक १.०६, फाइनान्स १.१९,हाईड्रो १.०९, जीवन बीमा ०.७८,लघुवित्त ०.४४,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा ०.०६ र अन्य समूह १.१९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६८ करोड ७६ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५७ करोड २७ लाख,बलेफी हाईड्रोपावरको ५६ करोड ६७ लाख र निफ्राको ३८ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

राधी विद्युतको सेयरमूल्य आज ६.३७ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ६.११ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.३२ प्रतिशतले बढ्यो ।  

बलेफी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.४७ प्रतिशतले घट्यो । यस्तै हिमालयन पावर पाटर्नरको ७.०२ प्रतिशत,सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७२ र सुपर मादी हाईड्रोको सेयरमूल्य ४.२९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.