शनिबार, मंसिर ६,२०८२ 10:21:51
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 10:21:51
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो गिरावट, कारोबार ३.२६ अर्बमा सीमित

Hyundai Nepal
नेप्सेमा झिनो गिरावट, कारोबार ३.२६ अर्बमा सीमित
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.३५ अंकले घटेर २ हजार ६५२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४५९.२८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ७९ लाख ५३ हजार ७४० कित्ता सेयर ३ अर्ब २६ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘बजार यतिबेला फेस्टिभ मूडमा गएको छ । त्यही कारण आज सूचक र कारोबारमा गिरावट आएको छ । तर दशैंपछि भने बजारमा राम्रो सुधार आउने देखिन्छ । अर्थमन्त्रीको खर्च कटौती गर्ने विषय, सहज तरलता र अर्थमन्त्रीको कार्यशैलीका कारण बजारमा सुधार आउने आशाा गर्न सकिन्छ ।’

CG Motors
New Office
Garima Development Bank

यस्तै अर्का बजार जानकार उपेन्द्र पाठकले लगानीकर्ता यतिबेला अर्थ मन्त्रालयले गठन गरेको पूँजीबजार सुधार कार्यदलले पेश गर्ने सुझावको प्रतिक्षामा रहेको बताए । त्यही कार्यदलको सुझाव र कार्यान्वयनको आधारमा बजारको गति तय हुने उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज १.३६ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह ०.१२ प्रतिशत, लगानी ०.२१ र म्युचुअल फण्ड समूह ०.५० प्रतिशतले बढ्यो ।  

होटल समूह आज सर्वाधिक अर्थात १.४९ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि ०.४४ प्रतिशत, फाइनान्स ०.५०, हाईड्रो ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, लघुवित्त ०.०९, निर्जीवन बीमा ०.३९ र अन्य ०.४९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३० करोड ९० लाख बढीको सेयर कारोबार भयो । युनियन हाईड्रोको सेयरमूल्य पनि आज १८ करोड ३४ लाख, हिमालयन रि इन्स्योरेन्सको ११ करोड ३८ लाख र कालिका पावरको सेयरमूल्य ७ करोड ३४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज हिमस्टार उर्जाको सेयरमूल्य १० प्रतिशतले बढ्यो । ्

यसैगरी कालिका पावरको सेयरमूल्य ६.७२ प्रतिशत, गुराँस लघुवित्तको ६.२९ र ग्रीन लाइफ हाईड्रोको सेयरमूल्य ५.६२ प्रतिशतले बढ्यो ।  

यो दिन सिटी होटल्सका लगानीकर्ताले सर्वाधिक गुमाए । यो कम्पनीका लगानीकर्ताले आज ७.५५ प्रतिशतले गुमाए । नारायाणी डेभलपमेन्टको सेयरमूल्य पनि आज ५.८५ र समता घरेलु लघुवित्तको सेयरमूल्य ४.७४ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.