सोमबार, श्रावण १८,२०८३ 11:44:34
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:44:34
Bizshala
Global IME Bank Limited

निरन्तर ओरालो लाग्दै नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अन्यौलता मुख्य कारण’

निरन्तर ओरालो लाग्दै नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अन्यौलता मुख्य कारण’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१९ प्रतिशत अर्थात ३१.४३ अंकले घटेर २ हजार ५९६.८२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४४५.७७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘राजनीतिक अन्यौलतका कारण नै पछिल्लो समय बजारमा करेक्सन आएको छ । राजनीतिक स्थिरता कायम नएभसम्म आर्थिक स्थिरता हुँदैन ।’  

आजको बजारको घटाईको मुख्य कारण प्यानिक सेल नै रहेको उनले बताए । यद्यपी मध्य र दीर्घकालका लागि भने लगानीको अवसर नै रहेको बताउँदै उनले लगानीकर्ता डराउनु पर्ने अवस्था नभएको बताए ।  

उनले अहिले नै बजारमा पुस मसान्तको दबाब नआईसकेको समेत दाबी गरे । ‘बजारमा नयाँ कर्जा नजानु र राष्ट्र बैंकले निर्माण व्यवसायीलाई दिएको सहुलियत नविकरण नहुनुले बजारमा बिक्री दबाब आएको हुनसक्छ ।’  

त्यस्तै अर्का बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘सरकार परिवर्तनको हल्ला फैलिदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका कारण बजारले पछिल्लो समय गति लिन सकेको छैन । कम्पनीहरुको लाभांश घोषणा राम्रो नआउनु र २६ सय विन्दुभन्दा तल खस्दा बजारमा बिक्री दबाब आएको छ ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात २.७३ प्रतिशतले घटेको छ । बैंकिङ समूह पनि आज ०.८२ प्रतिशत,विकास बैंक १.२५, फाइनान्स २.३१, होटल ०.८७,हाईड्रो १.५२,लगानी १.९५,जीवन बीमा १.०४,उत्पादन तथा प्रशोधन ०.३३, लघुवित्त ०.७१,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा १.०५ र अन्य समूह ०.९३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १७ करोड ६० लाख बढीको कारोबार भयो । कर्णाली डेभलपमेन्ट बैंकको आज ११ करोड ४५ लाख,नेपाल फाइनान्सको १० करोड २२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ६ लाख र जोशी हाईड्रोपावरको ७ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सामूदायिक लघुवित्तको सेयरमूल्य ७.९६ प्रतिशत,भूगोल इनर्जीको ५.०९,मेन्छियाम हाईड्रोपावरको ४.५० र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.३९ प्रतिशतले बढ्यो ।  

यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै अर्थात ९.२१ प्रतिशतले घट्यो । माईखोला हाईड्रोपावरको सेयरमूल्य पनि आज ६.६३ प्रतिशत,मानुषी लघुवित्तको ५.८० र रिभर फल्स पावरको ५.७८ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.