शनिबार, फाल्गुन १०,२०८१ 10:08:14
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:08:14
IME remit
Global IME Bank Limited

२६ सय विन्दुबाट ओरालो लाग्यो नेप्से, जानकार भन्छन्, ‘करेक्सन अन्तिम चरणमा’

Hyundai Nepal
२६ सय विन्दुबाट ओरालो लाग्यो नेप्से, जानकार भन्छन्, ‘करेक्सन अन्तिम चरणमा’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३३.०८ अंकले घटेर २ हजार ५७६.५० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘केही कमजोर कम्पनीबाट ठूला खेलाडी पछि हट्दा आज बजारमा गिरावट आएको छ । यो भनेको बजार घटाएर आन्दोलनमा मान्छे ल्याउने प्रपञ्च पनि हुन सक्छ । यद्यपी रिस्क–रिवार्डमार्फत बजारलाई हेर्ने हो भने बजारमा कम जोखिम र बढी प्रतिफल हुने देखिन्छ । बैंकिङ र नेप्से दुवैमा अन्तिम करेक्सन हुँदै गरेका देखिन्छ । ’

त्यसैले बजार लगभग लगभग करेक्सनको अन्तिम चरणमा आएको थापाले दाबी गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेलले कर्णाली डभेलमपमेन्ट बैंकको केसले अन्य बैंकको रिपोर्टमा शंखा गर्दा बजार घटेको बताए । ‘संसदीय समितिमा जलविद्युत कम्पनीको लकिङ अवधि खुलाउने विषयमा चर्चा चल्नु, नन फण्डामेन्टल कम्पनीबाट लगानीकर्ता निस्कने प्रयास गर्नु जस्ता विषयले आज बजार ओरालो लागेको छ । यद्यपी आज अन्तिम प्रहरमा बजार सम्मालिन खाजेको छ । यसले बजार २५ सय विन्दुभन्दा तल जादैन भन्न सकिन्छ’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह ०.०६ प्रतिशतले बढ्यो ।

आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ५.१९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.९२ प्रतिशत,विकास बैंक २.७७,होटल १.३८,हाईड्रो १.७३,लगानी ०.०८,जीवन बीमा ०.६५,उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१,म्युचुअल फण्ड ०.३८,निर्जीवन बीमा ०.९५ र व्यापार समूह २.९७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको ३५ करोड ९४ लाख बढीको कारोबार भयो । नेपाल फाइनान्सको आज १७ करोड ८७ लाख,जानकी फाइनान्सको १४ करोड ४२ लाख,एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ९४ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने। आज नाडेप लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.०१ प्रतिशतले बढ्यो । उपकार लघुवित्तको सेयरमूल्य पनि आज ४ प्रतिशत र निफ्राको ३.३२ प्रतिशतले बढ्यो ।  

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । सपोर्ट माइक्रोफाइनान्स,जानकी फाइनान्स पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।  

गृह्वेश्वरी मर्चेन्ट बैंकिङको सेयरमूल्य पनि आज ९.३४ र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ९.२५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.