सोमबार, श्रावण १८,२०८३ 11:42:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:42:44
Bizshala
Global IME Bank Limited

नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’

नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात २१.७६ अंकले बढेर २ हजार ८९२.७२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ५०२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘आजको बढोत्तरीले बजारमा राम्रो संकेत दिनुका साथै नयाँ गन्तव्य समेत खोजेको छ । आज इन्ट्रा डे करेक्सन भएर बजार बढ्नु सकारात्मक पक्ष भएको र बजारले स्वभाविक लय लिएको मान्न सकिन्छ ।’

उनले अहिले सबै विषय बजारको पक्षमा भएको र यही कारण बजारको अप ट्रेण्ड निश्चित रहेको बताए ।  

अर्का बजार जानकार सुवाचन्द्र ढुङ्गानाले आजको बढोत्तरीले अघिल्लो कारोबारको नेगेटिभ सेन्टिमेन्टलाई पन्छाएको बताए । ‘आज ग्रीन क्याण्डल बन्नु नै सकारात्मक विषय हो । अब २० अर्ब माथिको कारोबारसहित २९३० को प्रतिरोधलाई ब्रेक गरेको खण्डमा बजारले नयाँ मुभ लिन सक्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज लघुवित्त समूह सर्वाधिक बढ्यो । यो समूह आज १.९३ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.४८ प्रतिशत, विकास बैंक १.४२, होटल ०.३०,हाईड्रो ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फण्ड ०.१९, निर्जीवन बीमा १.२७,अन्य १.८४ र व्यापार समूह ०.४३ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूह पनि ०.२३ अंकले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७५ करोड ६६ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ७५ करोड २८ लाख, बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख, फर्स्ट माईक्रो फाइनान्सको ५१ करोड ७१ लाख र लुम्बिनी विकास बैंकको ४२ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । थ्रिस्टार हाईड्रो, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

उृन्नती सहकार्य लघुवित्तको सेयरमूल्य पनि आज ९.४० प्रतिशत र फर्स्ट माइक्रोको सेयरमूल्य ८.९९ प्रतिशतले घट्यो ।  

आज तीनवटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । ग्रीन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.