सोमबार, श्रावण १८,२०८३ 11:42:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:42:45
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य गिरावट, कारोबारमा पनि संकुचन

नेप्सेमा सामान्य गिरावट, कारोबारमा पनि संकुचन
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ३.९० अंकले घटेर २ हजार ६५४.७५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४५२.४८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आज भएको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने १३ अर्ब १८ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद शर्मा भन्छन्,  ‘दुई–तीन अंक बजार घट्नुलाई सामान्य नै मान्न सकिन्छ । आज कारोबार घट्नुलाई भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्न सकिन्छ ।’

उनले बजारमा विस्तारै असारको प्रभाव पनि देखिन थालेको बताए । यद्यपी बजार असारको तेस्रो साताबाट बजारले राम्रै गति लिनेमा उनी ढुक्क देखिए ।  

अर्का बजार जानकार बिरेन्द्र विष्टले पनि एकदुई साता बजार साइडवेजमै रहने बताए । आज खरिद र बिक्री गर्ने दुवै पक्ष पछि हट्दा कारोबारमा भने कमी आएको उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह १.१०, व्यापार ०.११ र हाईड्रो ०.२७ प्रतिशतले बढ्यो ।  

होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, लगानी ०.४३,जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.२५ र अन्य समूह ०.१५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७४ करोड ९६ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ६० करोड ३८ लाख, ङादी ग्रुप पावरको ४६ करोड ११ लाख, राधी विद्युतको ३८ करोड १८ लाख र सोल्टी होटलको ३० करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीमध्ये पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढ्यो ।  

बुटवल पावरको सेयरमूल्य पनि आज ७.७३ प्रतिशत, सामुदायिक लघुवित्तको ७.१३,अपर हेवाखोलाको ५.२८ र विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य ५.१६ प्रतिशतले बढ्यो ।  

गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.६२ प्रतिशतले घट्यो । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.९४ प्रतिशत,सिन्धु विकास बैंकको ३.७७, क्रेष्ट माइक्रो लाइफको ३.२१ र ओरियन्टल होटल्सको सेयरमूल्य २.८७ प्रतिशतले घट्यो ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.