मंगलवार, असार ३,२०८२ 09:33:27
  • मंगलवार, असार ३,२०८२ 09:33:27
Global IME Bank Limited

नेप्सेमा सामान्य गिरावट, कारोबारमा पनि संकुचन

Hyundai Nepal
नेप्सेमा सामान्य गिरावट, कारोबारमा पनि संकुचन
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ३.९० अंकले घटेर २ हजार ६५४.७५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४५२.४८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आज भएको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने १३ अर्ब १८ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद शर्मा भन्छन्,  ‘दुई–तीन अंक बजार घट्नुलाई सामान्य नै मान्न सकिन्छ । आज कारोबार घट्नुलाई भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्न सकिन्छ ।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले बजारमा विस्तारै असारको प्रभाव पनि देखिन थालेको बताए । यद्यपी बजार असारको तेस्रो साताबाट बजारले राम्रै गति लिनेमा उनी ढुक्क देखिए ।  

अर्का बजार जानकार बिरेन्द्र विष्टले पनि एकदुई साता बजार साइडवेजमै रहने बताए । आज खरिद र बिक्री गर्ने दुवै पक्ष पछि हट्दा कारोबारमा भने कमी आएको उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह १.१०, व्यापार ०.११ र हाईड्रो ०.२७ प्रतिशतले बढ्यो ।  

होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, लगानी ०.४३,जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.२५ र अन्य समूह ०.१५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७४ करोड ९६ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ६० करोड ३८ लाख, ङादी ग्रुप पावरको ४६ करोड ११ लाख, राधी विद्युतको ३८ करोड १८ लाख र सोल्टी होटलको ३० करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीमध्ये पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढ्यो ।  

बुटवल पावरको सेयरमूल्य पनि आज ७.७३ प्रतिशत, सामुदायिक लघुवित्तको ७.१३,अपर हेवाखोलाको ५.२८ र विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य ५.१६ प्रतिशतले बढ्यो ।  

गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.६२ प्रतिशतले घट्यो । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.९४ प्रतिशत,सिन्धु विकास बैंकको ३.७७, क्रेष्ट माइक्रो लाइफको ३.२१ र ओरियन्टल होटल्सको सेयरमूल्य २.८७ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.