बिहीबार, बैशाख ३१,२०८३ 07:12:30
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:12:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२६ महिनापछि नेप्से २३ सय विन्दुमाथि,जानकार भन्छन्,‘ बजार अब बुलिश यात्रामा’

Laxmi Sunrise Bank Limited
२६ महिनापछि नेप्से २३ सय विन्दुमाथि,जानकार भन्छन्,‘ बजार अब बुलिश यात्रामा’
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.१३ प्रतिशत अर्थात ७०.१८ अंकले बढेर २ हजार ११५.२४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१० प्रतिशतले बढेर ४०९.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘लगानीकर्ताले नवनियुक्त अर्थमन्त्री र राष्ट्र बैंकबीच सकारात्मक सहकार्य अपेक्षा गरेका कारण आज बजारमा सुधार आएको छ । मौद्रिक नीति पनि लचक आउने र क्याप पनि हट्न सक्ने भएकाले लगानीकर्ता उत्साहित बनेका छन् ।’

यहि कारण बजार मौद्रिक नीति अघि नै २५ सयको विन्दुसम्म पुग्न सक्ने विष्टले दाबी गरे । विष्टको विचारमा ट्रेण्डको हिसाबले अहिले बजार बुलिस नै रहेको छ ।  

अर्का बजार जानकार उपेन्द्र पाठकको विचारमा पनि ठूला दलहरु मिलेर बनेको स्थिर सरकारका कारण नै बजारले गति लिएको हो । यो सँगै असार मसान्तको दबाव सकिनु, अर्थमन्त्रीले पूँजी बजारलाई अर्थतन्त्रको ऐनको रुपमा परिभाषित गर्नु र ब्याजदर घट्नु जस्ता विषयले पूँजी बजार आज उछाल आएको हो । आज ९ अर्ब माथिको कारोबार हुनुले पनि मौद्रिक नीति लचक आउने अपेक्षाले स्मार्ट मनि बजार पसेको देखिन्छ ’  उनले भने ।  

आज भोल्युमसहित बजार २३ सय विन्दुमाथि हुनु भनेको बजार बुलिस चरणमा प्रवेश गरेको पाठककको निस्कर्ष छ ।

Bizshala
New Office
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज हाईड्रो समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ५.४५ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज बैंकिङ समूह २.७५ प्रतिशत, विकास बैंक ४.९४, वित्त १.८५,होटल ३.६३,लगानी ३.०६,जीवन बीमा २.९६,उत्पादन तथा प्रशोधन २.२३,लघुवित्त २.३०,निर्जीवन बीमा २.१२,अन्य २.१० र व्यापार समूह २.८८ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २१ करोड ७७ लाख बढीको कारोबार भयो । यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २७ लाख,अपि पावरको १७ करोड ९३ लाख,जानकी फाइनान्सको १७ करोड १७ लाख र अरुण भ्याली हाईड्रोपावरको १६ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ११ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सिन्धु विकास बैंक, वरुण हाईड्रोपावर,ग्रिन डेभलपमेन्ज्ट बैंक, आँखुखोला जलविद्यतु, मन्दाकिनी हाईड्रोपावर,सिक्लेस हाईड्रोपावर,सिंगटी हाईड्रोपावर,रिडी हाईड्रोपावर,अरुण भ्याली हाईड्रो,इङ्वा हाईड्रोपावर र अपि हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

आज गणपति हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.३९ प्रतिशतले घटेको छ ।      

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.