आईतवार, असार १५,२०८२ 09:19:58
  • आईतवार, असार १५,२०८२ 09:19:58
Global IME Bank Limited

डाउ थेउरीमा लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
डाउ थेउरीमा लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्से परिसूचक पछिल्लो पटक गत माघ ३ गते उच्च विन्दुमा पुगेको थियो । त्यसेबला नेप्से परिसूचक २१७५ विन्दुमा पुगेको थियो । त्यस यता खसेको बजार आज तेस्रो पल्ट १९५० आसपास आएर १९५८ मा बन्द भएको छ ।  

जसलाई डाउ थेउरीमार्फत भन्नु पर्दा लोवर लो र लोवर हाइका सिरिज बनेको छ । यसले बजार वियरिस यात्रामा चलेको बुझिन्छ । यसबीचमा बजार पटक–पटक माथि जान खोजेको छ तर बजारले २०४० आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ भने १९५० आसपास बलियो सपोर्ट देखिन्छ ।

यस हिसाबले हेर्दा बजार यदि १९५० बाट तल जान्छ भने केही खराब अवस्था र २०४० भन्दा माथि लागेमा बजारको माथिको यात्रा तय गरेको मान्न सकिन्छ । इन्डिकेटरमार्फत नियाल्दा आज बजारले बोलिङगरको मध्य ब्याण्डमा सपोर्ट लिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर बजार लगातार तीन दिन घटेको देखिन्छ । गोल्डेन रेसियोबाट हेर्दा बजारले पाँचौ कारोबारबाट सम्हालिन सक्छ । यदि पाँचौ गिरावटमा पनि सम्हालिएन भने बजार आठौं दिन सम्म पनि घट्न सक्छ । इन्डिकेटरमार्फत नियाल्दा ओभर सोल्ड जोन नजिक ३७ को विन्दुमा रहेको छ । 

यस्तो विन्दु आगामी दिनमा एकपटक ३० वा त्यो  भन्दा केही तल आए पछि सम्हालिन पनि सक्छ । त्यो भनेको पिभट् प्वइन्टको दोस्रो सपोर्ट १९३५ वा तेस्रो सपोर्ट  १९०५ मध्य कुनै एक हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.