सोमबार, श्रावण १८,२०८३ 11:39:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:50
Bizshala
Global IME Bank Limited

डाउ थेउरीमा लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?

डाउ थेउरीमा लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । नेप्से परिसूचक पछिल्लो पटक गत माघ ३ गते उच्च विन्दुमा पुगेको थियो । त्यसेबला नेप्से परिसूचक २१७५ विन्दुमा पुगेको थियो । त्यस यता खसेको बजार आज तेस्रो पल्ट १९५० आसपास आएर १९५८ मा बन्द भएको छ ।  

जसलाई डाउ थेउरीमार्फत भन्नु पर्दा लोवर लो र लोवर हाइका सिरिज बनेको छ । यसले बजार वियरिस यात्रामा चलेको बुझिन्छ । यसबीचमा बजार पटक–पटक माथि जान खोजेको छ तर बजारले २०४० आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ भने १९५० आसपास बलियो सपोर्ट देखिन्छ ।

यस हिसाबले हेर्दा बजार यदि १९५० बाट तल जान्छ भने केही खराब अवस्था र २०४० भन्दा माथि लागेमा बजारको माथिको यात्रा तय गरेको मान्न सकिन्छ । इन्डिकेटरमार्फत नियाल्दा आज बजारले बोलिङगरको मध्य ब्याण्डमा सपोर्ट लिएको छ ।  

तर बजार लगातार तीन दिन घटेको देखिन्छ । गोल्डेन रेसियोबाट हेर्दा बजारले पाँचौ कारोबारबाट सम्हालिन सक्छ । यदि पाँचौ गिरावटमा पनि सम्हालिएन भने बजार आठौं दिन सम्म पनि घट्न सक्छ । इन्डिकेटरमार्फत नियाल्दा ओभर सोल्ड जोन नजिक ३७ को विन्दुमा रहेको छ । 

यस्तो विन्दु आगामी दिनमा एकपटक ३० वा त्यो  भन्दा केही तल आए पछि सम्हालिन पनि सक्छ । त्यो भनेको पिभट् प्वइन्टको दोस्रो सपोर्ट १९३५ वा तेस्रो सपोर्ट  १९०५ मध्य कुनै एक हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.