आईतवार, असार १५,२०८२ 09:17:50
  • आईतवार, असार १५,२०८२ 09:17:51
Global IME Bank Limited

पिभट् प्वइन्टको १९९० मा प्रतिरोध सामाना गरेको बजारको अबको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
पिभट् प्वइन्टको १९९० मा प्रतिरोध सामाना गरेको बजारको अबको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौं । आज कारोबारको पहिलो प्रहरमा बढेको बजार अन्तिमसम्म आउँदा करिब १५ अंकले गिरावट आएर बन्द भयो । आज बजार घट्दा २ अर्बमाथिको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज पिभट् प्वइन्ट १९९० मा २ पटक प्रतिरोध सामाना गरेर तल खसेको छ । अघिल्लो कारोबारमा बनेको ह्याम्मर प्रकृतिको क्याण्डललाई आजको बजारले अस्वीकार गरेको देखिन्छ ।

तर बजार आइतबारको न्यून विन्दु १९५३ भन्दा तल पनि जान सकेको छैन र उच्च विन्दु १९८५ भन्दामाथि टिक्न पनि सकेन । यस हिसाबले बजारको आगामी दिशा अझै एक वा दुई कारोबार पछि मात्रै निश्चित हुने देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आवरली बेसमा बोलिङगर ब्याण्डबाट हेर्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ । त्यसकारण पुन एकपटक बजार तल्लो ब्याण्ड १९५० सम्म आउन पनि सक्छ । म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको तर निश्चित नभईसकेको अवस्था छ । आरएसआई एकपटक ओभर सोल्ड जोन १७ बाट फर्केर हाल ३६ को तहमा पुगेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा आगामी दिनमा आरएसआईमा बुलिस डाइभर्जेन्स बन्न सक्ने सम्भावना रहन्छ ।  

पिभट् मार्फत हेर्दा आज पिभट् प्वइन्ट १९९० मा प्रतिरोध गरेर तल खसेको बजारले अब पहिलो सपोर्ट १९५० , दोस्रो सपोर्ट १९२५ र तेस्रो सपोर्ट १८८५ मा लिन सक्छ । यदि आगामी दिनमा बजार बढेमा भने क्रमशः बजारले पुनः१९९० ,२०१३ र २०५५ मा प्रतिरोधको सामाना गर्न सक्छ ।  

नोटः दोस्रो बजारमा लगानी जोखिमापूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.