आईतवार, असार २१,२०८३ 10:20:25
Bizshala
  • आईतवार, असार २१,२०८३ 10:20:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बम्पर लाभांश घोषणा गरेको सूर्यज्योति लाइफको सर्वाधिक कारोबार, ६.७४% ले बढ्यो सेयरभाउ

Laxmi Sunrise Bank Limited
बम्पर लाभांश घोषणा गरेको सूर्यज्योति लाइफको सर्वाधिक कारोबार, ६.७४% ले बढ्यो सेयरभाउ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

बीमा समूहका दुईवटा उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५० प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ०।०२ प्रतिशतले घटेको छ ।  

सेयरबजारमा आज १४ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् भने १२ वटा बीमा कम्पनीका सेयरधनीले गुमाएका छन् ।  

सर्वाधिक सेयरभाउ बढ्नेमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ आज ६.७४ प्रतिशतले बृद्धि भई ५१८ रुपैयाँ पुगेको छ । कम्पनीले आजैमात्र गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको छ ।  

१०.२६ प्रतिशत बोनस र २४।७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेकाले कम्पनीको सेयरभाउ ६.७४ प्रतिशतले बृद्धि भएको हो । सर्वाधिक कारोबार पनि सुर्यज्योति लाइफकै भएको छ । कम्पनीको आज एकैदिन २५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसका साथै दोस्रो सर्वाधिक कमाउने वा सेयरभाउ बढ्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२९ प्रतिशतले बढेर ७३९ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै, सलिकोको १।०६ प्रतिशत, आइएमई लाइफको ०.८९ प्रतिशत, प्रभु महालक्ष्मीको ०.५९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४५ प्रतिशत, सन नेपाल लाइफको ०.३४ प्रतिशत, नेकोको ०.१५ प्रतिशत, शिखरको ०.१४ प्रतिशत, एनएलजीको ०.१३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१० प्रतिशत र नेपाल लाइफको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ ।  

साथै आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सानिमा जिआइसी रहेको छ । कम्पनीको सेयरभाउ १.३१ प्रतिशतले घटेर ५२६ रुपैयाा कायम भएको छ ।  

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १.१५ प्रतिशत, युनाइटेड अजोडको १.१२ प्रतिशत, हिमालयन एभरेष्टको १.०७ प्रतिशत, हिमालयन लाइफको १.०१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.६१ प्रतिशत, एशियन लाइफको ०.४३ प्रतिशत, आरबीसीएलको ०.३८ प्रतिशत, नेशनल लाइफको ०.३८ प्रतिशत, एलआइसी नेपालको ०.०७ प्रतिशत, सिटिजन लाइफको ०.०४ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरभाउ घटेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.