बुधबार, असार १०,२०८३ 02:24:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:24:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२०.५६ अंकले घट्यो सेयरबजार, विश्लेषक भन्छन्, ‘अहिलेको घटाई सेकेण्ड वेभको करेक्सन हो’

Laxmi Sunrise Bank Limited
२०.५६ अंकले घट्यो सेयरबजार, विश्लेषक भन्छन्, ‘अहिलेको घटाई सेकेण्ड वेभको करेक्सन हो’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २०.५६ अंकले घटेर २ हजार ५४४.५९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.७४ प्रतिशतले घटेर ४४१.०४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

आजको बजारबारे बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘बजारको अवस्था हेर्दा प्राविधिक रुपमा ‘बी’ वेभ सकिएर अहिले ‘सी’ वेभमा चलिरहेको छ । अहिले बजारमा सेकेण्ड वेभको करेक्सन हो । बजार घटेर २४ सयको आसपास हुने टार्गेट देखिएको छ । बाँकी आधारभुत पक्ष हेर्दा सूचीकृत कम्पनीहरुको रिर्पोट राम्रो र अपेक्षित आाएको छैन । राजनीतिक माहोल समेत राम्रो नभएकाले लगानीकर्तामा कन्फिडेन्ट बढेको छैन । केही दिन साइडवेजमै चलेर बजार २४ सय आसपास आउने देखिन्छ ।’

New Office
CG Motors
Garima Development Bank

अर्का बजार जानकार नयन बास्तोला भन्छन्, ‘अहिले बजार साइडवेजमै चलिरहेको देखिन्छ । राजनीतिक माहोल राम्रो नभएका कारण बजारले लय लिन सकिरहेको छैन । समग्र पुँजीबजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने भएका कारण लगानीको वातावरण राम्रो नहुँदा आम लगानीकर्ताको मनोबल बढ्न सकिरहेको छैन । यसबाहेक अन्य कुराहरु पोजेटिभ नै छन् । यदि चुनाव भएर राजनीतिक परिवेश पनि राम्रो हुने हो भने बजार अवश्य फर्कन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो । यो समूह आज ०.२३ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात २.३५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६७ प्रतिशत, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल ०.१८, हाईड्रो ०.७०, लगानी ०.९९, लघुवित्त ०.६९, म्युचुअल फण्ड ०.८६, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड ३४ लाख बढीको कारोबार भयो । राधी विद्युतको पनि आज २२ करोड १४ लाख, साहस उर्जाको १४ करोड १ लाख, युनियन हाईड्रोपावरको १३ करोड ५५ लाख र शिवम् सिमेन्टको ७ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका चारवटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज भूगोल इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केवलकार र बुङ्गल हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै अपर सोलु हाईड्रो इलेक्ट्रिकको सेयरमूल्य ५.३१ प्रतिशत, नेपाल माईक्रो इन्स्योरेन्सको ३.७५ र स्वस्तिक लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशतले बढ्यो ।  

यो दिन दरमखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.७२ प्रतिशतले घट्यो । माबिलुङ इनर्जीको सेयरमूल्य पनि आज ८.२१ प्रतिशत र मेरोमाईक्रोफाइनान्सको सेयरमूल्य ४.५७ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.