बुधबार, असार १०,२०८३ 01:01:50
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:01:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से परिसूचक, विश्लेषक भन्छन्, ‘बजार एक्युमुलेसन फेजमा छ’

Laxmi Sunrise Bank Limited
सामान्य अंकले घट्यो नेप्से परिसूचक, विश्लेषक भन्छन्, ‘बजार एक्युमुलेसन फेजमा छ’

काठमाण्डौ । साताको पहिलाृ कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.१५ अंकले घटेर २ हजार ५४०.५७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.३२ प्रतिशतले घटेर ४३९.४४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन, ‘अहिलेको बजार एक्युमुलेसन फेजमा छ, लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न सकिरहेको छैन । सबै कुरा सकारात्मक हुँदाका वाबजुत पनि बजार बढ्न नसक्नुको मुख्य कारण भनेको चुनावको अन्यौलता हो । बजार बढ्नुपर्ने थुप्रै आधारहरु रहेपनि लगानीकर्ताहरुले ढुक्कसँग लगानी गर्नसक्ने वातावरण बनेको छैन । अहिले सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन् । बैंकहरुले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् तर लगानीकर्ताको मनोबल बढ्न सकिरहेको छैन । यदि चुनावको टुंगो लाग्ने हो भने लगानीकर्तामा कन्फिडेन्ट बढेर मंसिरमा बजार बढ्न सक्ने देखिन्छ ।’

New Office
CG Motors
Garima Development Bank

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आजको बजार घट्नुपर्नेमा त्यस्तो कुनै ठोस कारण छैन । नेपाल बैंकले आज सार्वजनिक गरेको रिर्पोटमा नेपालको आर्थिक अवस्था तथा सूचकहरु राम्रै देखिएको छ । मुख्यगरी अहिले लगानीकर्तामा कन्फिडेन्ट आउन नसक्नुको मुख्य कारण भनेको चुनाव र आन्दोलनको अन्योलता हो । साथै जेनजी आन्दोलनका कारण सूचीकृत बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुको रिपोर्ट पनि राम्रो आएन यसले बजार बढ्न नदिन मलम लगाउने काम गर्यो । यदि मंसिरमा केही समूहको आन्दोलन हुने हो भने निजी क्षेत्रलाई नै थप क्षति पुर्याउने देखिन्छ र बजार झन घट्न सक्ने देखिन्छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज होटल, उत्पादन तथा प्रशोधन र अन्य समूह मात्रै बढे। यी समूहहरु आज क्रमशः ०.१८, ०.०२ र ०.७२ प्रतिशतले बढे ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.८७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३० प्रतिशत, विकास बैंक ०.५२, हाईड्रो ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, लघुवित्त ०.३८ ,म्युचुअल फण्ड ०.१४, निर्जीवन ०.४९ र व्यापार समूह ०.१० प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एसबीआई डिबेञ्चर २०८९ को सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको डिबेञ्चरको २८ करोड ९० लाख बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २१ करोड ३५ लाख, माउन्टेन इनर्जीको २० करोड ८४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २२ लाख र युनियन हाईड्रोपावरको १६ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी,बुङ्गल हाईड्रो, बन्दीपुर केवलकार र नबिल डिबेञ्चर २०८५ को सेयरमूल्यमा अपर सर्किट लाग्यो ।    

यस्तै झापा इनर्जीको सेयरमूल्य ६.०७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ६.०१ र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ४.३५ प्रतिशतले बढ्यो ।  

यो दिन भूगोल इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । रुरु जलविद्युत परियोजनाको सेयरमूल्य पनि आज ९.५२ प्रतिशत,दरमखोला हाईड्रोको ६.०९ र पिपुल्स हाईड्रोपावरको सेयरमूल्य ५.२३ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.