सोमबार, कार्तिक २,२०८३ 04:31:59
  • सोमबार, कार्तिक २,२०८३ 04:31:59
Global IME Bank Limited

वृद्धिका साथ २७ सय विन्दुमाथि उक्लियो नेप्से, जानकार भन्छन्, ‘बजार बढ्ने आधारहरु तय भएका छन्’

Bizshala
वृद्धिका साथ २७ सय विन्दुमाथि उक्लियो नेप्से, जानकार भन्छन्, ‘बजार बढ्ने आधारहरु तय भएका छन्’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयबजारमा उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५५ प्रतिशत अर्थात ४१.७० अंकले बढेर २ हजार ७१९.२७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले बढेर ४७२.६० विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३४३ वटा स्क्रिप्टको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५१ करोड २६ लाख बढीको सेयर कारोबार भएको छ ।

आजको बजारबारे नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसी भन्छन्, ‘बजार बढ्नका लागि आधारहरु तय भएका छन्, यसअघि बजार घटेर तल्लो विन्दुमा आइसकेको थियो त्यो भन्दा बजार घट्ने ठाउँ थिएन त्यसकारण पनि बजार दुईदिन राम्रो अंकले बढ्न पुग्यो । योसँगै अब सरकार र सम्बन्धित निकायहरुको नीतिगत स्पष्टता आउन थालेकाले बजारलाई बढ्न थप सहयोग पुगेको छ । असार मसान्तको दबाब सकिएसँगै लगानीकर्ताहरु पनि सेयर खरिदमा केही उत्साहित देखिएका छन् । तर बजार जसरी बढीरहेको छ, त्यहिअनुसार कारोबार भने बढ्न सकिरहेको छैन ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले थपे, ‘साउन सुरु भएसँगै क्यापिटल गेन ट्याक्स बढेको छ, यसले पनि कारोबारमा थोरै असर गरेको छ । साथै अहिले बजारमा भइरहेको कारोबार भएको वास्तविक कारोबार हो । नत्र बजारमा विभिन्न समूह बनाई म्यानुपुलेसन गरेर कारोबार गर्ने प्रवृत्ति हाबी थियो । त्यस्तो कारोबार अहिले केही हदसम्म कम भएको छ । पूँजीबजारका लागि अहिले सरकार र सम्बन्धित निकायहरु सकारात्मक छन्, त्यहिअनुसार अब लगानीकर्ताहरु पनि सुध्रिन आवश्यक छ । बजारलाई चलायमान बनाउन लगानीकर्ताको भूमिका अहिले शुन्यता जस्तै छ, अब यो पनि पूर्ति गर्नुपर्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.२१ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ समूह ०.५५ प्रतिशत, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल १.९८, हाईड्रो २.७९, जीवन बीमा ०.८४, लघुवित्त ०.३७, निर्जीवन बीमा ०.४४, अन्य २.८१ र व्यापार समूह १.१४ प्रतिशतले बढ्यो।  

आज म्युचुअल फण्ड समूह मात्रै घट्यो । यो समूह आज ०.०२ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २९ करोड १५ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ४६ लाख, रिडी पावरको २० करोड ६६ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड ८ लाख र नेशनल हाईड्रोपावरको १५ करोड ८९ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेड र रिज लाइन इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै श्रीनगर एग्रीटेकको सेयरमूल्य १०.९५ प्रतिशत, सोलु हाईड्रोपावरको ९.५६ र रिलायन्स स्पीनिङ मिल्सको सेयरमूल्य ९.३१ प्रतिशतले बढ्यो ।

यो दिन आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.८६ प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ६.८५ प्रतिशत र लक्ष्मी उन्न्ती कोषको मूल्य ५.१५ प्रतिशतले ओरालो लाग्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.