मंगलवार, श्रावण ५,२०८३ 09:40:11
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:40:11
Bizshala
Global IME Bank Limited

लगातार ६ कारोबार दिन बढ्यो नेप्से, ‘लगानीकर्ताको कन्फिडेन्ट विस्तारै बढ्दै’

लगातार ६ कारोबार दिन बढ्यो नेप्से, ‘लगानीकर्ताको कन्फिडेन्ट विस्तारै बढ्दै’
New Office

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ प्रतिशत अर्थात ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले बढेर ४७२.४२ विन्दुमा सीमित बनेको छ।

आज नेप्सेमा सूचीकृत ३४३ वटा स्क्रिप्टको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ६७ करोड १० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब ५१ करोड २६ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘अहिलेको सेनारियो हेर्दा मार्केटमा पोजेटिभ मोमेन्टम नै देखिन्छ । लगानीकर्ताहरुमा पनि विस्तारै कन्फिडेन्ट बढ्न थालेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अहिलेको बजारलाई भोल्युमले पनि साथ दिएको छ । तर सिजनअनुसार अहिलेको बजारमा ८ अर्बभन्दा माथिको कारोबार हुनुपर्ने थियो त्यति हुन सकिरहेको छैन ।’

उनले थपे, ‘तर विस्तारै कारोबार बढ्दै गएको बजार सस्टेन हुन्छ । यदि बजारमा फेरी भोल्युम घटेर ३÷४ अर्बमा सीमित भयो भने मार्केट डाउन ट्रेन्डमै झर्छ । यसअघि सय अंकले बढेको बजारमा आज नाफा बुक भएको छ । यसरी विस्तारै बजार बढ्दै नाफा बुक हुँदै करेक्सन देखिएको बजार दिगो हुन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज २.८८ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ समूह ०.०९ प्रतिशत, लगानी ०.४९, उत्पादन तथा प्रशोधन ०.६४ र अन्य १.२० प्रतिशतले बढ्यो।  

आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.७१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४० प्रतिशत, फाइनान्स ०.६२, होटल ०.२३, हाईड्रो ०.०५, जीवन बीमा ०.१७, लघुवित्त ०.०२ र निर्जीवन बीमा ०.१४ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५५ करोड ७७ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखुखोला जलविद्युतको ३१ करोड ३७ लाख, रिलायन्स स्पीनिङ मिल्सको २७ करोड ३४ लाख, हिमालयन रिइन्स्योरेन्सको २२ करोड १ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै कालंगा हाईड्रोको सेयरमूल्य ७.५० प्रतिशत, बोटलर्स नेपाल बालाजुको ७.४२ र सानिगाड हाईड्रोको सेयरमूल्य ६.५६ प्रतिशतले बढ्यो ।

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ६.५४ प्रतिशतले घट्यो । भुजुङ हाईड्रोको सेयरमूल्य पनि आज ४.५८ प्रतिशत र चिरख्वा हाईड्रोको सेयरमूल्य ४.४४ प्रतिशतले ओरालो लाग्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.