शनिबार, असार १३,२०८३ 05:01:42
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:01:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से परिसूचक १.१५% ले घट्यो, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल बढ्न नसक्नु मुख्य कारण’

Laxmi Sunrise Bank Limited
नेप्से परिसूचक १.१५% ले घट्यो, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल बढ्न नसक्नु मुख्य कारण’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १.१५ प्रतिशत अर्थात ३०.०२ अंकले घटेर २ हजार ५६६.०९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, ‘लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारका केही मागहरु सम्बोधन हुने प्रक्रियामा छन्, तर अहिलेको सेयरबजार लगानीकर्ताको मनोविज्ञानसँग आधारित भएको हुँदा बजार बढ्ने र घट्ने कुरामा आँकलन गर्न गाह्रो छ । राज्यले लगानीकर्ताको केही माग सम्बोधन पनि गरेको छ, तर अहिले लगानीकर्ताहरुमा मनोबल बढ्न नसकेका कारण बजारले लय लिन सकिरहेको छैन । राज्यले अहिले तत्कालै गर्नुपर्ने काम भनेको एनआरएनलाई लगानी गर्न पाउने कुरा तत्कालै कार्यान्वयन गरिनुपर्दछ ।’

New Office
CG Motors
Garima Development Bank

उनले थपे, ‘अझैपनि कतिपय लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । सबै कुराहरु सकारात्मक हुँदाका वाबजुत पनि लगानीकर्तामा किन कन्फिडेन्ट बढ्न सकिरहेको छैन, त्यो बुझ्नै सकिएको छैन । केही समय बजार यहि पेरिफेरीमा रहेपनि बजार बढ्नुको विकल्प छैन । सबै हिसाबले हेर्दा अहिले बजार बढ्न तयार अवस्थामा रहेको देख्न सकिन्छ ।’

त्यस्तै, बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘अहिलेको बजार बढ्न नसक्नुको मुख्य कारण भनेको लगानीकर्ताको मनोबल बढ्न नसक्नु हो । त्यसैमाथि मंसिर ७ गतेबाट केही पक्षले आन्दोलन गर्ने कुरा पनि आइरहेको छ । जेनजी आन्दोलनबाट क्षति पुगेपछि केही निजी क्षेत्रमा उद्योगीहरु बजारमा आउन सकिरहेका छैनन् । साथै अहिलेको मुख्य समस्या भनेको नियामक निकायहरुले लगानीकर्ताहरुले माग गरेका विषयहरुलाई सम्बोधन र कार्यान्वयन गर्न नसक्नु पनि हो । लगानीकर्ताको मनोबल बढाउनमा सरकार चुकेको छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.९१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.२९ प्रतिशत, विकास बैंक १.८१, होटल ०.६९, हाईड्रो १.१८, लगानी १.५५, जीवन बीमा १.३४, उत्पादन तथा प्रशोधन ०.८४, लघुवित्त १.२८, म्युचुअल फण्ड १.०८, निर्जीवन बीमा १.३५, अन्य ०.१२ र व्यापार समूह ०.५७ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ७६ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज २३ करोड ५३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ८९ लाख, राधी विद्युतको २१ करोड ६९ लाख र शिवम् सिमेन्टको २१ करोड ४ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका चारवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज दरमखोला हाईड्रो इनर्जी,माबिलुङ इनर्जी, सागर डिष्टिलरी र रुरु जलविद्युत परियोजनाको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यो दिन धौलागिरी लघुवित्तको सेयरमूल्य ६.२३ प्रतिशत, विकास हाईड्रोपावरको ४.२२ र माउन्टेन इनर्जीको सेयरमूल्य २.८९ प्रतिशतले बढ्यो ।

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । नेपाल फाइनान्सको सेयरमूल्य पनि आज ६.७६ प्रतिशत, मानुषी लघुवित्तको ५.८८ र सम्पदा लघुवित्तको सेयरमूल्य ५.३२ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.