Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 04:25:24
Bizshala
Global IME Bank Limited

बैंकहरुमाथिको सेयर लगानीको व्यवस्था खुकुलो बन्ने भएसँगै नेप्से बढ्यो, सबै समूहमा हरियाली

बैंकहरुमाथिको सेयर लगानीको व्यवस्था खुकुलो बन्ने भएसँगै नेप्से बढ्यो, सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१० प्रतिशत अर्थात २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले घटेर ४५३.९२ विन्दुमा पुगेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहलमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथि सेयर लगानी तथा कारोबारमा लगाइएको प्रतिबन्ध तथा सीमा हटाउने व्यवस्था गर्न लागेको खबर बाहिरिएसँगै यसले सेयरबजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । जसको प्रभाव आजको कारोबारमा देखियो । राष्ट्र बैंकले केही दिनमा नै यससम्बन्धी निर्देशन समेत जारी गर्ने तयारी गरिरहेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा सेयर जारी गरी धितोपत्र बजारमा सूचीकृत भएका संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा सामान्यतः ६ महिनाभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउँछन्। खरिद गरेको सेयर एक वर्ष पूरा भएपछि मात्रै बिक्री गर्न मिल्छ।

यसका अतिरिक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजार सुधारसम्बन्धी प्याकेज आगामी साताभित्र ल्याउने बताएका छन् । यसले समेत आजको बजार वृद्धिमा टेवा पुगेको छ । सेयरबजारलाई सकारात्मक प्रभाव पार्ने विषय आएकाले लगानीकर्ताको कन्फिडेन्ट बलियो बनेको जानकारहरु बताउँछन् ।  

आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३६ करोड १ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबारमा भने ४ अर्ब ९ करोड बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.८३ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ समूह ०.७८, विकास बैंक १.०५ प्रतिशत, फाइनान्स ०.४६,  होटल ०.९६, हाईड्रो ०।५५, लगानी १.५८, जीवन बीमा ०.९७, लघुवित्त ०.८९, म्युचुअल फण्ड ०.०९, निर्जीवन बीमा १.७२, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.७७ र व्यापार १.४० प्रतिशतले बढ्यो।

सर्वाधिक कारोबार हुने कम्पनी

आज लिबर्टी इनर्जीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३६ करोड ६६ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ५१ लाख, रिलायन्स स्पीनिङ मिल्सको १४ करोड ७९ लाख, सोलु हाईड्रोको १२ करोड ४४ लाख र शिवश्री हाईड्रोको १२ करोड ४० लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १०.५३ प्रतिशतले बढ्यो ।

यस्तै अभियान लघुवित्तको सेयरमूल्य १०.०९ प्रतिशत, सिन्धु विकास बैंकको ९.५४ र सर्वोत्तम पेन्ट्सको मूल्य ८.०४ प्रतिशतले बढ्यो ।

यो दिन मल्टीपर्सस फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ५.७१ प्रतिशतले घट्यो । यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ४.२१ र ओम मेगा श्री फर्मास्युटिकल्सको सेयरमूल्य ४ प्रतिशतले घट्यो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.