काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.९२ प्रतिशत र निर्जीवन बीमा समूह १.४४ प्रतिशतले बढेको छ । बीमा समूह बढ्दा २६ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ ।
यी तीनवटै कम्पनीको सेयरभाउ आज सकारात्मक सर्किट अर्थात् १० प्रतिशतका दरले बढेर नेपाल रि को सेयरभाउ१२९९.२० रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ १३०० रुपैयाँ र क्रेष्ट माइक्रो लाइफको सेयरभाउ ११७१.५० रुपैयाँ पुगेको छ । त्यस्तै, एशियन लाइफको २.३६ प्रतिशत, सिटिजन लाइफको ३.३९ प्रतिशत, गार्डिन माइक्रो लाइफको ३.२६ प्रतिशत, हिमालयन लाइफको ३.७७ प्रतिशत, नेपाल लाइफको १.६० प्रतिशत, नेशनल लाइफको १.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.५२ प्रतिशत, रिलायबल नेपाल लाइफको २.४३ प्रतिशत, सूर्यज्योति लाइफको १.९२ प्रतिशत, सन नेपाल लाइफको ३.९१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.०३ प्रतिशतले बढेको छ ।
यसका साथै आइजीआई प्रुडेन्सियलको ०.७८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८६ प्रतिशत, एनएलजीको २.८४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५४ प्रतिशत, आरबीसीएलको ०.२३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ प्रतिशत, सानिमा जिआइसीको ०.०६ प्रतिशत, शिखरको १.६१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१५ प्रतिशत, हिमालयन रि को सेयरभाउ ४.७७ प्रतिशत र युनाइटेड अजोडको २.४६ प्रतिशतले बढेको छ ।
आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ । एलआइसी नेपालको सेयरभाउ १.२२ प्रतिशत घटेर ८१० रुपैयाँ र आइएमई लाइफको सेयरभाउ ०.२३ प्रतिशत घटेर ४३२ रुपैयाँ पुगेको छ ।