बुधबार, माघ १४,२०८२ 05:15:19
Bizshala
  • बुधबार, माघ १४,२०८२ 05:15:19
Bizshala
Global IME Bank Limited
Bizshala

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै घटेको छ । 

जीवन बीमा समूह ०.०९ प्रतिशत र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ । आज ११ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.२३ प्रतिशतले बढेर ५२६.१० रुपैयाँ पुगेको छ । 

Bizshala
Garima Development Bank
New Office

त्यस्तै, एलआइसी नेपालको ०.३८ प्रतिशत, सूर्यज्योति लाइफको ०.९६ प्रतिशत, हिमालयन एभरेष्टको ०.७६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२९ प्रतिशत, आरबीसीएलको ०.६३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४२ प्रतिशत, युनाइटेड अजोडको ०.२२ प्रतिशत, हिमालयन रि को ०.४८ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.७० प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४३ प्रतिशतले घटेर १३७५ रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

त्यस्तै, नेपाल इन्स्योरेन्सको ०.२७ प्रतिशत, एनएलजीको ०.५९ प्रतिशत, सलिकोको ०.४७ प्रतिशत, सानिमा जिआइसीको १.३९ प्रतिशत, शिखरको १.०९ प्रतिशत, एशियन लाइफको ०.६७ प्रतिशत, सिटिजन लाइफको ०.५२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.३४ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.१२ प्रतिशत, हिमालयन लाइफको ०.२२ प्रतिशत, नेशनल लाइफको ०.९८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.११ प्रतिशत, सन नेपाल लाइफको ०.५९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२५ प्रतिशतले घटेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.