सोमबार, कार्तिक २,२०८३ 04:27:46
  • सोमबार, कार्तिक २,२०८३ 04:27:46
Global IME Bank Limited

सेयरबजारको वृद्धि आजपनि जारी, लगानीकर्ताको आत्मविश्वास बलियो बन्दै

Bizshala
सेयरबजारको वृद्धि आजपनि जारी, लगानीकर्ताको आत्मविश्वास बलियो बन्दै
New Office

काठमाण्डौ । गत साता लगातार तीन दिन बढेको सेयरबजार आज पनि बढेको छ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७१ प्रतिशत अर्थात १८.०७ अंकले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले बढेर ४५३.९६ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको ९२ लाख ९८ हजार ९४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८३ करोड १५ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब ४६ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरममा अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजार धेरै नै घटेर तल्लो विन्दुमा आइसकेको थियो । बजार कुनै न कुनै एङ्गबाट बढ्नुपर्छ भन्ने मेरो मान्यता थियो । बजारमा लगानीयोग्य रकम पर्याप्त भएतापनि लगानीकर्तामा कन्फिडेन्ट नहुँदा बजारले गति लिन सकेको थिएन । हिजो भएको क्यापिटल मार्केट डिक्लोजर कार्यक्रममा अर्थमन्त्रीले पूँजीबजार सुधारका प्याकेजहरु ल्याउने घोषणा गर्नुभएको थियो जसकारण आज लगानीकर्ताहरुमा थोरै भएपनि कन्फिडेन्ट बढेको देखिन्छ ।’

उनले थपे, ‘साथै नेपाल धितोपत्र बोर्डका अध्यक्ष पनि पूँजीबजारका लागि सकारात्मक देखिन्छन् । अर्थमन्त्री र बोर्डका अध्यक्ष पूँजीबजार चलायमान होस् भन्ने हेद रहेको छ । यसबाहेक बजारमा अहिले लाभांश सिजन पनि छ । बैंक वित्तीय संस्थाहरुले राम्रो लाभांश घोषणा गरिरहेका छन्, यसले पनि लगानीकर्तामा कन्फिडेन्ड बढाएको छ । नत्र बजार बढ्नुपर्ने सबै पक्षहरु सकारात्मक नै छन्, अब लगानीकर्ताको मनोबल बढेमात्रै बजारको भविष्य उज्वल छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छायो। आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात २.०५ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.१५ प्रतिशत, विकास बैंक ०.१३, होटल ०.३१, हाईड्रो ०.५१, लगानी ०.०४, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन १.२४, लघुवित्त ०.६१, म्युचुअल फण्ड ०.७१ र अन्य ०.५० प्रतिशतले बढे।  

आज फाइनान्स र व्यापार समूह मात्रै घटे । यी समूहहरु क्रमशः ०.४३ र ०.०९ प्रतिशतले घटे ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २५ करोड २१ लाख बढीको सेयर कारोबार भयो । यस्तै गरिमा विकास बैंकको १७ करोड ७८ लाख, सोलु हाईड्रोको १६ करोड २७ लाख, एसवाई प्यानल नेपालको १३ करोड ४४ लाख र सुपर मादी हाईड्रोको १० करोड १९ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै गणपति लघुवित्तको सेयरमूल्य ७.३५ प्रतिशत, श्रीनगर एग्रीटेकको ६.२६ र कालिका लघुवित्तको सेयरमूल्य ६.२२ प्रतिशतले बढ्यो ।

यो दिन इमरर्जिङ नेपाल र सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १५ प्रतिशतले घट्यो । यस्तै जानकी फाइनान्सको सेयरमूल्य १४.९९ र अपर लोहरे खोला हाईड्रोको सेयरमूल्य १३.३३ प्रतिशतले घट्यो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.