बुधबार, असार १०,२०८३ 04:06:14
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:06:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा सामान्य सुधार, कारोबार रकम २.९१ अर्बमा झर्यो

Laxmi Sunrise Bank Limited
सेयरबजारमा सामान्य सुधार, कारोबार रकम २.९१ अर्बमा झर्यो

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२५ प्रतिशत अर्थात ६.९४ अंकले बढेर २ हजार ७१८.१६ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२० प्रतिशतले बढेर ४६४.०८ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३४ वटा स्क्रिप्टका ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९१ करोड ३१ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘अहिले सेयर लगानीकर्ताहरुले स्थिर पोलिसी नै खोजिरहेका छन् । यतिबेला बजारमा त्यति आक्रामक खरिद पनि छैन र लगानीकर्ताले सस्तोमा सेयर पनि बेच्न चाहिरहेका छैनन्, जसकारण पछिल्लो समय बजारमा भोल्युम घट्दै गइरहेको छ । साथै माहोल हेर्दा अहिले किन्ने र बेच्ने अवस्था पनि छैन । लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा नै छन् ।’

उनले भने, ‘सरकारले लगानीकर्ताहरुलाई आश्वासन समेत दिन सकेको छैन । सम्भवतः सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीको लागि उचित वातावरण बन्ने नीति आएमा मात्रै बजारले लय लिन सक्छ । बजारमा मुभमेन्ट नदेखिदा अहिले लगानीकर्ताहरु लगानी थप्न पनि अन्योलमा छन् । बजेटमा लगानीकर्ताहरुले राखेका मागहरु जस्तै, एनआरएनलाई सेयरबजारमा भित्र्याउने, आइपीओको बाढी रोक्ने र करमा स्थिरता ल्याउने नीति आयो भने बजारले नयाँ मुहार फेर्न सक्छ ।’

New Office
CG Motors
Garima Development Bank

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात १.५७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३३ प्रतिशत, फाइनान्स ०.२९, होटल ०.२०, जीवन बीमा ०.३०, लघुवित्त ०.३५ र अन्य ०.८३ प्रतिशतले बढ्यो । हाईड्रो समूह ०.३३ अंकले बढ्यो ।

यो दिन निर्जीवन बीमा समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ०.५६ प्रतिशतले घट्यो ।

यस्तै फाइनान्स समूह ०.०८ प्रतिनशत, लगानी ०.०७ र म्युचुअल फण्ड ०.१६ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक अर्थात १७ करोड ६८ लाख बढीको सेयर कारोबार भयो । यस्तै नेशनल हाईड्रोपावरको १४ करोड ३४ लाख, रिलायन्स स्पिनिङ मिल्सको १४ करोड १५ लाख, सोलु हाईड्रोको ८ करोड ५९ लाख र ङादी ग्रुप पावरको ८ करोड १५ लाख बढीको सेयर कारोबार भयो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज स्वावलम्बन लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १२.१९ प्रतिशतले बढ्यो ।

यस्तै श्रृजनशिल लघुवित्तको सेयरमूल्य ४.२९ प्रतिशत, पियोर इनर्जीको ४.२४ र त्रिशुली जलविद्युतको ३.८५ प्रतिशतले बढ्यो ।  

यो दिन फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १३.२४ प्रतिशतले घट्यो । अपर लोहरे खोलाको सेयरमूल्य पनि आज ९.१२ प्रतिशत र मेन्छियाम हाईड्रोको सेयरमूल्य ४.४९ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.