शुक्रबार, श्रावण ९,२०८२ 11:56:30
  • शुक्रबार, श्रावण ९,२०८२ 11:56:30
Global IME Bank Limited

नेप्सेमा झिनो सुधार, कारोबार भने घट्यो

Hyundai Nepal
नेप्सेमा झिनो सुधार, कारोबार भने घट्यो
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.७६ अंकले बढेर २ हजार ९८२.६४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ५१७.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने १९ अर्ब ५७ करोड बढीको कारोबार भएको थियो ।  

Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष एसपी चौलागाई भन्छन्,  ‘हिजोआजको बजारको सुधारको मुख्य कारण राष्ट्र बैंकको लचिलो मौद्रिक नीति नै हो । विज्ञ व्यक्ति गभर्नर पदमा आसिन हुनु र नियामक निकायहरु पनि पूँजी बजारप्रति सकारात्मक भएका कारण बजारमा आकर्षण देखिएको छ ।’

आज इन्ट्रा डे करेक्सन भएर बजारमा सुधार आएको बताउदै उनले यो साता समग्रमा बजार सकारात्मक रहेको विश्लेषण गरे । उनले आगामी सातापनि बजारमा रौनक कायमै रहने विश्वास व्यक्त गरे ।  

त्यस्तै अर्का बजार जानकार यज्ञ घिमिरेले अहिले लगानीको सिजन भएकाले बजारमा नयाँ–पुराना सबै खाले लगानीकर्ता प्रवेश गरेको बताए । ‘कम्पनीको गत आवको चैथो त्रैमासिक प्रतिवेदन आउन सुरु भएको र लाभांशको सिजन पनि सुरु हुन लागेकाले बजार चलायमान हुने देखिन्छ’ उनले भने ।  

उनले आज इन्ट्रा डे करेक्सनमा नाफा बुक भएको र यसले गर्दा बजार थप मजबुत भएको बताए । प्राविधिक रुपमा पनि बजार सकारात्मक नै रहेको उनको तर्क छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । हाईड्रो समूह आज सर्वाधिक बढ्यो । यो समूह आज १.९९ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.५० प्रतिशत, होटल ०.४२, लगानी ०.१७ र म्युचुअल फण्ड ०.२७ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४८ प्रतिशत,जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.५४,लघुवित्त ०.१९, निर्जीवन बीमा ०.६१, अन्य ०.१३ र व्यापार समूह ०.१० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ७७ करोड २१ लाख बढीको सेयर कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ७१ करोड ९१ लाख, ग्रीन भेन्चर्सको ६६ करोड २८ लाख र लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर  सर्किट लाग्यो । आज ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी र स्वेत गंगा हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

हिमालयन हाईड्रोपावरको सेयरमूल्य पनि आज ८.४१ प्रतिशत,मायाखोला हाईड्रोको ७.३९,राधी विद्युतको ६.९९ र ङादी ग्रुप पावरको सेयरमूल्य ६.२७ प्रतिशतले बढ्यो ।  

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ३.५८ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.