बुधबार, असार १०,२०८३ 03:57:04
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:57:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

Laxmi Sunrise Bank Limited
८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ८ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.८७ प्रतिशतले घटेको छ । आज ८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६१ प्रतिशतले घटेर ६८१.३० रुपैैयाँ पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, आइएमई लाइफको १.१९ प्रतिशत, एशियन लाइफको १.०९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६० प्रतिशत, नेको इन्स्योरेन्सको ०.३२ प्रतिशत, नेशनल लाइफको ०.१६ प्रतिशत र सन नेपाल लाइफको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्योरेन्स रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको सेयरभाउ २.२५ प्रतिशतले घटेर ८७० रुपैयाँ कायम भएको छ । त्यस्तै, युनाइटेड अजोडको २.०९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.६६ प्रतिशत, एलआइसी नेपालको १.५० प्रतिशत, शिखर इन्स्योरेन्सको १.४० प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१० प्रतिशत, हिमालयन एरभेष्टको ०.९४ प्रतिशत, नेपाल लाइफको ०.७१ प्रतिशत, आरबीसीएलको ०.७० प्रतिशत, सानिमा जिआइसीको ०.६६ प्रतिशत, सुर्यज्योति लाइफको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.४१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१५ प्रतिशत, नेपाल रि को ०.१३ प्रतिशत र हिमालयन रि को ०.१० प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.