शनिबार, फाल्गुन १०,२०८१ 09:55:36
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:55:36
IME remit
Global IME Bank Limited

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचक भने राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक आज घटेको छ । जीवन बीमा समूह ०.३८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.१९ प्रतिशतले घटेको छ ।  

बीमा समूहहरु घटेपनि आज १० बीमा कम्पनीका सेयरधनीले कमाएका छन् । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७० प्रतिशतले बढेर ५३१ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.५१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४१ प्रतिशत, शिखरको ०.२९ प्रतिशत, सुर्यज्योति लाइफको ०.२२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२१ प्रतिशत, एशियन लाइफको ०.०६ प्रतिशत, सानिमा जिआइसीको ०.०४ प्रतिशत र एनएलजीको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य १.२३ प्रतिशतले घटेर ५६२ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन लाइफको १.०९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.०१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८२ प्रतिशत, आइएमई लाइफको ०.८० प्रतिशत, सन नेपाल लाइफको ०.६८ प्रतिशत, नेकोको ०.६५ प्रतिशत, एलआइसी नेपालको ०.४० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१० प्रतिशतले सेयरमूल्य घटेको छ ।  

बीमा कम्पनीहरुमा आज सर्वाधिक सन नेपाल लाइफको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.