सोमबार, कार्तिक २,२०८३ 04:34:08
  • सोमबार, कार्तिक २,२०८३ 04:34:08
Global IME Bank Limited

उच्च अंकको वृद्धिका साथ नेप्सेमा बाउन्स ब्याक, व्यापार समूहमा उछाल

Bizshala
उच्च अंकको वृद्धिका साथ नेप्सेमा बाउन्स ब्याक, व्यापार समूहमा उछाल
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात १११.७० अंकले बढेर २ हजार ६२३.६२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.३७ प्रतिशतले बढेर ४५५.२८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको २ करोड ३२ हजार २२४ कित्ता सेयर ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘आज बजारमा रिटेलहरुको सेयर खोस्ने काम भएको छ । चाडपर्वका लागि जोहो गर्नका लागि समेत केहीले सेयर बिक्री गरे । आन्दोलनका कारण घटेको बजारमा आज सुधार देखिएको छ । बजारमा करेक्सन फेज सकियो भन्नका लागि भने अझै केही समय पर्खनुपर्ने देखिन्छ ।’

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले लगातार घटिहरहेको बजारमा आज बाउन्स ब्याक देखिएको बताए । ‘आज अल्पकालका लागि भन्दापनि मध्य र दीर्घकालका लागि संस्थापक लगानीकर्ताले सेयर खरिद गरेका देखिन्छ । दशैं तिहारसम्म बजार सामान्य गतिमा अघि बढ्ने देखिन्छ ।’

चाडपर्व पछि भने राजनीतिक स्थिरताको प्रष्ट दिशा तय भएपछि बजारमा थप सुधार देखिने उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ८.३३ प्रतिशतले बढ्यो ।  

यस्तै आज बैंकिङ समूह ४.७६ प्रतिशत, विकास बैंक ६.३४ प्रतिशत, फाइनान्स ६, होटल २.५५,हाईड्रो ५.९८, लगानी ७.७७, जीवन बीमा ५.९३, उत्पादन तथा प्रशोधन ४.८६, लघुवित्त समूह ४.०७ र अन्य समूह १.४६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८३ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै हिमालयन रि इन्स्योरेन्सको ४८ करोड २६ लाख, गार्डियन माईक्रो लाइफको ३० करोड ४८ लाख र शिवम् सिमेन्टको २७ करोड १ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सिन्धु विकास बैंक, भूगोल इनर्जी, शिवम् सिमेन्ट, जोशी हाईड्रोपावर, अपि पावर, आँखुलोला जलविद्युत, बलेफि हाईड्रो, हिमाल दोलखा हाईड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक,हिमस्टार उर्जा, अपर तामाकोशी हाईड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर, शिवश्री हाईड्रो, रिडी पावर र सिक्लेस हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै उन्नती सहयर्का लघुवित्तको सेयरमूल्य ९.८९ प्रतिशत, रिभर फल्स पावरको ९.८१ र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ९.७२ प्रतिशतले बढ्यो ।  

रिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.६४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.