काठमाण्डौ । लगानीकर्ताको तीव्र आलोचनापछि नेप्सेले आफ्नो परिसूचक सच्याएको छ । नेप्सेको आधिकारिक वेबसाइटमा २.०७ अंकले घटेको बजार अहिले ७.१० अंकले बढेको बनाइएको छ ।
त्यस्तै, टिएमएसमा भने अझैपनि २.६१ अंकले मात्रै बजार बढेको देखिएको छ । यसले लगानीकर्ताहरुले गरेको दाबी पुष्टि भएको छ ।
नेप्से बन्द हुँदा बजार १२ अंकले बढेको थियो तर सधैंजसो क्लोजिङ एवरेजिङले गर्दा बजार २.०७ अंकले घटेको थियो । नेप्सेले आफ्नो परिसूचक गणना फरक परेको भन्दै बजार बन्द भएको करिब ३ घण्टापछि मात्रै सूचक सच्याएको छ ।