शनिबार, फाल्गुन १०,२०८१ 10:00:05
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:00:05
IME remit
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचका घटेको छ ।

जीवन बीमा समूह १.३७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.९१ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले मात्रै कमाएका छन् । कम्पनीको सेयरभाउ ०.२१ प्रतिशतले बढेर ९४० रुपैयाँ पुगेको छ । त्यस्तै, आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीको सेयरभाउ २.६९ प्रतिशतले घटेर १२२९ रुपैयाँ कायम भएको छ। यसका साथै सानिमा रिलायन्स लाइफको १.८५ प्रतिशत, युनाइटेड अजोडको १.८३ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.७५ प्रतिशत, हिमालयन लाइफको १.६१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४८ प्रतिशत, नेपाल लाइफको १.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.३३ प्रतिशत, सानिमा जिआइसीको १.३१ प्रतिशत, सिटिजन लाइफको १.२९ प्रतिशत, एशियन लाइफको १.१५ प्रतिशत र सगरमाथा लुम्बिनीको १.११ प्रतिशतले सेयरभाउ घटेको छ। 

त्यस्तै, सन नेपाल लाइफको १.०८ प्रतिशत, नेको इन्स्योरेन्सको १.०६ प्रतिशत, आइएमई लाइफको १.०१ प्रतिशत, हिमालयन एभरेष्टको ०.९३ प्रतिशत, सुर्यज्योति लाइफको ०.८८ प्रतिशत, आरबीसीएलको ०.७८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५१ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.४१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३९ प्रतिशत, नेशनल लाइफको ०.३४ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.११ प्रतिशतले सेयरभाउ घटेको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.