सोमबार, कार्तिक २,२०८३ 04:31:03
  • सोमबार, कार्तिक २,२०८३ 04:31:03
Global IME Bank Limited

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘सस्तोमा किन्ने दाउ कुर्दै लगानीकर्ता’

Bizshala
लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘सस्तोमा किन्ने दाउ कुर्दै लगानीकर्ता’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.५५ प्रतिशत अर्थात १४.८८ अंकले घटेर २ हजार ६८२.१५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४९.९२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल भन्छन्,  ‘राजनीतिक अस्थिरता र आन्दोलनको विषयले पछिल्लो समय सेयर बजार प्रभावित भईरहेको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेको र सस्तोमा सेयर खरिद गर्ने मौका कुरिरहेका कारण बजारमा गिरावट आएको छ ।’

यद्यपी सरकार परिवर्तन हुने विषय अफवाह मात्रै भएको उनले दाबी गरे । उनले प्राविधिक रुपमा पनि अब बजारमा खरिद गर्ने उपयुक्त समय आएको बताए ।  

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अहिले बजार घट्नु पर्ने कुनैपनि ठोस कारण नभएको बताए । ‘नयाँ गभर्नर आउदै गर्दा २०७८ भदौ ८ गते आएको राष्ट्र बैंकका केही नीतिहरु कसरी सम्बोधन हुन्छ भनेर लगानीकर्ता व्यग्र प्रतिक्षा र आशामा रहेका छन् । ’

उनले बजारको अवस्था बलियो नै भएका कारण आम लगानीकर्तालाई बजारको गिरावटबाट हतोत्साहित नबन्न सुझाव दिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.६० प्रतिशतले बढेर ४ हजार १५६ विन्दुमा पुग्यो ।  

यस्तै आज होटल समूह ०.१० र म्युचुअल फण्ड ०.०३ प्रतिशतले बढ्यो । फाइनान्स समूह आज सर्वाधिक अर्थात १.५३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५६ प्रतिशत, विकास बैंक ०.१३, हाईड्रो ०.६७,लगानी ०.४९,जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन ०.३३, लघुवित्त ०.४८, निर्जीवन  बीमा ०.५१ र अन्य समूह ०.५१ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड ६७ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज २३ करोड ४६ लाख, ग्रीन डेभलपमेन्ट बैंकको १५ करोड २० लाख र हिमालयन पावर पार्टनरको १३ करोड ८३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। मिथिला लघुवित्तको सेयरमूल्य आज ९.३९ प्रतिशत, भूगोल इनर्जीको ७.३५ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ७ प्रतिशतले बढ्यो ।  

सामुदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.२० प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि आज ४.५२,स्वेत–गंगा हाईड्रोको ४.२३ र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ४.२० प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.