आईतवार, असार १५,२०८२ 09:14:43
  • आईतवार, असार १५,२०८२ 09:14:43
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा पुस मसान्तको दबाब’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा पुस मसान्तको दबाब’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २१.१२ अंकले घटेर २ हजार ६०९.५८ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४४८.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘अहिले बजारमा पुस मसान्तको दबाब देखिएको छ । सरकार र धितोपत्र बोर्डले पनि पूँजीबजारका लागि खासै केही कदम चालेको देखिदैन । यस्ता यावत कारणले गर्दा बजारमा सुधार देखिएको छैन । यद्यपी नयाँ गभर्नरको चर्चाले भने माघ महिनादेखि बजारले गति लिन सक्ने देखिन्छ ।’

अर्का बजार जानकार निमानन्द कंडेलले पनि दुई–तीनवटा कारणले गर्दा बजारमा गिरावट आएको बताए । ‘एउटा भनेको पुस महिनाको क्लोजिङ, कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गरेको कारवाही र यो सातामा जम्मा ४ दिन मात्रै कारोबार हुने हुँदा सेटलमेन्टको दबाब पनि परेका कारण बजार आज घट्न पुगेको छ ’ उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज लघुवित्त समूह सर्वाधिक बढ्यो। यो समूह आज १.१२ प्रतिशतले बढेर ४ हजार ९७७.९७ विन्दुमा पुग्यो ।  म्युचुअल फण्ड समूह पनि आज ०.१८ र अन्य ०.२९ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ४.४७ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.८७ प्रतिशत,विकास बैंक २.६५,होटल ०.६१, हाईड्रोपावर १.७३,लगानी ०.६६,जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.८१,निर्जीवन बीमा ०.१२ र व्यापार समूह १.०३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको २६ करोड १० लाख बढीको कारोबार भयो । जानकी फाइनान्सको आज १६ करोड ९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ३४ लाख,एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख र रिभर फल्स पावरको ११ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यो दिन मानुषी लघुवित्तको सेयरमूल्य ६.०९ प्रतिशत,श्रृजनशिल लघुवित्तको ५.८९ र एनआरएन इन्फ्रास्ट्रक्चरको ५.७१ प्रतिशतले बढ्यो ।  

आज ५ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । सपोर्ट माइक्रोफाइनान्स,नारायणी डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक,जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.