आईतवार, जेष्ठ २५,२०८२ 07:10:08
IME remit
  • आईतवार, जेष्ठ २५,२०८२ 07:10:08
IME remit
Global IME Bank Limited

नेप्सेमा गिरावटका साथ साताको सुरुवात, हाईड्रो र होटल समूह मात्रै बढे

Hyundai Nepal
नेप्सेमा गिरावटका साथ साताको सुरुवात, हाईड्रो र होटल समूह मात्रै बढे
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.०६ अंकले घटेर २ हजार ६२९.८९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले घटेर ४४९.२७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल भन्छन्,  ‘ लगानीकर्तामा आत्मविश्वासको कमीका कारण पछिल्लो समय बजार बढ्न सकिरहेको छैन । धेरैजसो लगानीकर्ताले अल्पकालका लागि लगानी गरे जस्तो देखिन्छ । सरकारले पनि एनआरएन भित्राउने र पूँजी बजारको विकास गर्ने जस्ता विषयहरु कार्यक्रममा मात्रै सीमित राख्दा बजारमा रौनक देखिदैन ।’

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यसकारण समीक्षामार्फत माइक्रो फाइनान्स लगायत कर्जाका क्याप हटाउन आवश्यक भएको उनले बताए । ‘अहिले गभर्नर अर्थमन्त्री दुवै जना सकारात्मक छन् । त्यसैले ढिलोचाडो बजारले पुनः गति लिनेमा ढ्क्क हुन सकिन्छ’ उनले भने ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले लामो समयदेखि नयाँ लगानीकर्ता र लगानी नआउनु, चौथो त्रैमासको अन्त्य नजिकिनु जस्ता विषयले बजारले गति लिन नसकेका बताए ।  

यद्यपी आज हाईड्रो सेक्टरमा चमक आउनु भने सकारात्मक विषय भएको उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज हाईड्रो समूह १.२२ प्रतिशत र होटल र समूह ०.१२ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.०५  प्रतिशतले घट्यो । विकास बैंक समूह ०.०६, फाइनान्स ०.९१, लगानी ०.०८, जीवन बीमा ०.७७, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७०, म्युचुअल फण्ड ०.१०,निर्जीवन बीमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.८८ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७२ करोड ९५ लाख बढीको सेयर कारोबार भयो । यस्तै युनिभर्सल पावरको ६२ करोड २७ लाख, ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख, बुटवल पावरको ४४ करोड ५१ लाख र सानिमा माई हाईड्रोको ४४ करोड ८९ हजार बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज रिभर फल्स पावर र पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यो दिन छ्याङदी हाईड्रोपावरको सेयरमूल्य ८.५७ प्रतिशत, हिमालयन पावर पाटर्नरको ८.०३ र चिलिमे हाईड्रोपावरको सेयरमूल्य ७.७९ प्रतिशतले बढ्यो ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य पनि आज ८.२८ प्रतिशत, समाज लघुवित्तको ८.२८ र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य ७.७३ प्रतिशतले ओरालो लाग्यो । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.