सोमबार, कार्तिक २,२०८३ 04:33:31
  • सोमबार, कार्तिक २,२०८३ 04:33:31
Global IME Bank Limited

उच्च अंकको वृद्धिका साथ नेप्से पुनः२७ सयमाथि, बैंकिङ इन्डेक्सको सपोर्ट

Bizshala
उच्च अंकको वृद्धिका साथ नेप्से पुनः२७ सयमाथि, बैंकिङ इन्डेक्सको सपोर्ट
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) ५ दिनपछि उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.७१ प्रतिशत अर्थात ४५.८८ अंकले बढेर २ हजार ७१५.७१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१४ प्रतिशतले बढेर ४६४.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५ अर्ब ५ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘बजार केही दिनदेखि लागातार घटेका कारण आज बढोत्तरी आएको हो । केही समयदेखि बजारमा चल्दै आएको राजनीतिक अन्यौला प्रष्ट हुँदै गएपछि आज लगानीकर्ताले घटेर सेयर बेच्न नचाहँदा बजारमा बढोत्तरी आएको छ ।’

विष्टले अब बजार घट्नु पर्ने कुनै कारण नभएकाले पुस मसान्तसम्म बजारमा बढोत्तरीले निरन्तरता पाउने बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेलले निरन्तर घटेको बजारलाई बैंकिङ इन्डेक्सले सपोर्ट गर्दा बजार बढेको बताए । ‘प्राविधिक रुपमा पनि प्राविधिक विश्लेषकहरुले २६६० मा बलियो सपोर्ट रहेको बताएका कारण बजारमा मनोबल बढ्दा बजारले आज गति लिएको छ । यद्यपी अझै एक–दुई कारोबारबाट बजारको आगामी यात्रा निश्चित हुनेछ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.४३ प्रतिशतले बढेर १ हजार ४५२.८३ विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक समूह १.६३ प्रतिशत, फाइनान्स १.८३ प्रतिशत, होटल १.०५, हाईड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७,उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.४२,निर्जीवन बीमा १.०३,अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशतले बढ्यो ।  

आज म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड १५ लाख बढीको कारोबार भयो । रिभर फल्स पावरको पनि आज २० करोड २५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८१ लाख,जोशी हाईड्रोपावरको ९ करोड ८५ लाख र एचआईडीसीएलको ८ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज न्याली हाईड्रोपावर र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य करिब १० प्रतिशतले बढ्यो ।  

यस्तै नारायणी डेभलपमेन्ट बैंकको ८.८१ प्रतिशत,माथिल्लो मैलुङखोलाको ८.५१ र राप्ती हाईड्रोको सेयरमूल्य ७.१६ प्रतिशतले बढ्यो ।  

यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । जोशी हाईड्रोको पनि आज ८.२२ प्रतिशत र महिला लघुवित्तको सेयरमूल्य ६.२७ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.