काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको ७८ लाख ४हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ ।
जीवन बीमा समूह ०.६९ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बढेको छ । आज २१ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.१६ प्रतिशतले बढेर ४०७.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.६९ प्रतिशत, सिटिजन लाइफको १.२० प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.४३ प्रतिशत, हिमालयन लाइफको ०.८१ प्रतिशत, आइएमई लाइफको ०.९५ प्रतिशत, नेपाल लाइफको १.२९ प्रतिशत, नेशनल लाइफको ०.४७ प्रतिशत, सूर्यज्योति लाइफको १.९३ प्रतिशत, हिमालयन रि को १.५९ प्रतिशत र निर्जीवन बीमा कम्पनकिो ०.८० प्रतिशतले बढेको छ ।
यसका साथै हिमालयन एभरेष्टको १.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९६ प्रतिशत, आरबीसीएलको १.०४ प्रतिशत, सलिकोको ०.७८ प्रतिशत, सानिमा जिआइसीको १.८७ प्रतिशत, शिखरको १.९० प्रतिशत, सिद्धार्थ प्रिमियरको १.९५ प्रतिशत र युनाइटेड अजोडको १.११ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७९ प्रतिशतले घटेर १२५७ रुपैयाँ कायम भएकोछ । त्यस्तै, एनएलजीको ०.१५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३६ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.५९ प्रतिशत, एलआइसी नेपालको ०.०१ प्रतिशत र सन नेपाल लाइफको ०.६१ प्रतिशतले घटेको छ ।

