शुक्रबार, श्रावण ८,२०८३ 05:31:44
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 05:31:44
Bizshala
Global IME Bank Limited

अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, जानकार भन्छन्, ‘बजारप्रति इन्भेष्टर्स आकर्षित हुँदैछन्’

अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, जानकार भन्छन्, ‘बजारप्रति इन्भेष्टर्स आकर्षित हुँदैछन्’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन  सेयरबजार बढेर बन्द भएको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.९० अंकले बढेर २ हजार ७३४.६३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले बढेर ४७३.४७ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २६ करोड ७२ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय सेयरबजारमा विस्तारै इन्भेष्टर्स आकर्षित हुँदै गएका छन् । असार मसान्तको दबाब सकिएसँगै लगानीकर्ताहरु अब लगानीकर्ताहरु अब ‘वाइङ मूड’मा देखिएका छन् । केही ठूला व्यवसायी वा पुराना लगानीकर्ताहरुलाई अझै पनि हिसाब मिलान वा व्यवस्थापनमा प्रेसर देखिन सक्छ । तर अहिले बजार ब्यालेन्समा बसेको छ । लगानीकर्ताहरुले विस्तारै आफ्नो लिमिट पनि प्रयोग गर्न थालेका छन् । सम्भवतः साउन १५ पछि बजारमा डिमाण्ड बढ्ने देखिन्छ ।’

उनले थपे, ‘अबको एक सातापछि मार्जिन लेन्डिङ पनि आउन सक्ने देखिन्छ, जसकारण बजारमा अब विस्तारै भोल्युम र इन्डेक्स दुबै बढ्न सक्ने सम्भावना छ । साथै पूँजीबजारका लागि सरकार सकारात्मक छ, नेपाल धितोपत्र बोर्ड सर्पोटिभ देखिएको छ, जसकारण अबको केही दिनपछि बजारमा दैनिकी १० अर्बमाथिको कारोबार हुने सम्भावना छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटामा रातो पोतियो । आज बैंकिङ समूह सर्वाधिक बढ्यो । यो समूह आज १.१७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.९६ प्रतिशत, होटल ०.४२, लगानी ०.२९, जीवन बीमा ०.१३, लघुवित्त ०.३६ र निर्जीवन बीमा ०.०२ प्रतिशतले बढ्यो ।  

आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात २.०८ प्रतिशतले घट्यो । यस्तै फाइनान्स ०.१५ प्रतिशत, हाईड्रो ०.१२, उत्पादन तथा प्रशोधन ०.५९, अन्य ०.२६ र व्यापार समूह ०.३५ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३० करोड ९३ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड ३४ लाख, कुमारी बैंकको २५ करोड ८१ लाख र आँखुखोला जलविद्युतको १९ करोड ६६ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १४.४६ प्रतिशत, सगरमाथा जलविद्युतको ६.८२, खानीखोल हाईड्रोको ५.९३ र झापा इनर्जीको सेयरमूल्य ५.५० प्रतिशतले बढ्यो ।

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.३८ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.