काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.५६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ११ वटा उपसमूह बढेको छ भने २ समूह घटेका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक १.२८ प्रतिशतले घटेको छ । आज २० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ ।कम्पनीको सेयरभाउ ९.९९ प्रतिशलते बढेर ५३३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको २.१४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.५८ प्रतिशत, सलिकोको १.५५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.२० प्रतिशत, आइएमई लाइफको १.१९ प्रतिशत, सानिमा जिआइसीको १.१६ प्रतिशत, हिमालयन लाइफको ०.९७ प्रतिशत, सिटिजन लाइफको ०.८२ प्रतिशत, नेशनल लाइफको ०.५९ प्रतिशत, हिमालयन रि को ०.५३ प्रतिशत, युनाइटेड अजोडको ०.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४१ प्रतिशत, एशियन लाइफको ०.३९ प्रतिशत, हिमालयन एभरेष्टको ०.३३ प्रतिशत, नेपाल रि को ०.२० प्रतिशत, शिखरको ०.१३ प्रतिशत, नेपाल लाइफको ०.१३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीका भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.५५ प्रतिशतले घटेर ९९५ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको ५.५९ प्रतिशत, एलआइसी नेपालको १.६२ प्रतिशत, सन नेपाल लाइफको ०.१० प्रतिशत, आरबीसीएलको ०.०८ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरभाउ घटेको छ ।