आईतवार, असार १५,२०८२ 10:01:00
  • आईतवार, असार १५,२०८२ 10:01:00
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस क्याण्डल’, बजार ३ साताकै उच्च

Hyundai Nepal
नेप्सेको चार्टमा ‘बुलिस क्याण्डल’, बजार ३ साताकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिनमात्रै घट्यो । अघिल्लो साता २०५१.९२ को बिन्दुमा बन्द भएको बजार यो साता २११९.७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ६७.७८ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा १६.३९ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा २२.७५ अर्बको कारोबार भयो । अघिल्लो साता भने २१.४१ अर्बको कारोबार भएको थियो ।  यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा बढोत्तरी आएको छ ।  

अघिल्लो साताको तुलनामा यो साता बजार बढ्दा  कारोबार पनि बढेको छ । यो साता बजार पूँजीकरण ३३.६२ खर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३२ खर्ब ५३ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजारमा बढोत्तरी आँउदा लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब ९ अर्बले बढेको छ ।  

प्राविधिक पक्ष :

क्याण्डल स्टिकको आधारमाः

क्याण्डल स्टिकको विकास करिब एक सय वर्ष पहिले जापानि धान व्यापारिले प्रतिपादन गरेको थिए । पछि यसलाई अमेरिकाबाट थप विकास गरि संसारभरका सेयर बजार , कमोडिटिज बाजारमा प्रयोगमा ल्याइएको हो । यसमा कारोबारको सुरु मूल्य ,न्यून मूल्य , उच्च मूल्य र अन्तिम मूल्यको आधारमा िवश्लेषण गरिन्छ ।  

यो साता नेप्सेमा बनेको साप्ताहिक चार्टमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई जनाउँछ । यस्तो क्याण्डलले आगामी दिनमा बजार बढ्न सक्ने देखेन्छि । यो साताको क्याण्डलले यस अघि बनेका ३ क्याण्डललाई पूरै ढाकेको छ । यसले बजार ३ साताको उच्चविन्दुमा पुगेको बुझिन्छ । यो सँगै यो साता बजार पुनः २१ सय माथिको विन्दुमा पुगेको छ । यो साता एभरेज भोल्युमापनि अघिल्लो साताहरु भन्दा बढी देखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड ,म्याक्डि र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा पछिल्लापटक नेप्से ७ हप्तादेखि मध्य ब्याण्डभन्दा माथि टिकेको छ । कारोबार तथा भोल्युमपनि अघिल्ला २ साताभन्दा बढी देखिएको छ । साप्ताहिक रुपमा म्याक्डी अघिल्लो महिनादेखि नै बुलिस रहेको छ । आरएसआई पनि अघिल्लो महिनादेखि न्युट्रल जोन ५० भन्दा माथि–माथि चलेको छ । समग्रमा ३ वटै इन्डिेकटरबाट नियाल्दा बजार विस्तारै अप ट्रेन्डमा रहेको छ ।  

पिभट् विश्लेषण

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२२०२

प्रतिरोध २ –२१६८

प्रतिरोध १– २०६८

पिभट प्वइन्टः २०६८

घटेमा सपोर्ट  

सपोर्ट १– २००३

सपोर्ट २– १९६८

सपोर्ट  ३ –१९०३

निष्कर्षः अघिल्लो साता १६.३९ अंकले घटेको बजार यो साता ६७.७८ अंकले सुधार आएको छ । यो साता राजनीतिक बदलाव र असार मसान्तको क्लोलिङ सकिदै जाँदा नेप्सेमा कारोबार र भोल्युमका साथ राम्रै अंकले सुधार आएको छ । यो साता बजार बढ्दा कारोबार पनि बढेको छ । बजारलाई विभिन्न इन्डिकेटर , डाउ थेउरी तथा इलिअट वेभबाबाट नियाल्दा बजारले करिब बटम लगाई सकेको देखिन्छ । जसलाई विभिन्न ब्रोकर हाउस, मर्चेण्ट क्यापिटल तथा लगानीकर्ताहरुसँगको हाम्रो बजार अनुसन्धानले पनि नेप्सेले करिब बटम लागेको पुष्टि गर्छ । यस कारण हामीले अघिल्लो साता दसैं अघिसम्म बजार २५ आसपाससम्म पुग्ने निष्कर्षमा हामी अडिकै छौ ।  

यो साताको बजारलाई विभिन्न क्षेत्र अनुसार नियाल्दा १३ वटै उपसमूहमा हरियाली छाएको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.