सोमबार, श्रावण १८,२०८३ 11:54:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:54:10
Bizshala
Global IME Bank Limited

सेयरबजारमा दोहोरो अंकको सुधार, सबै समूह हरियाली

सेयरबजारमा दोहोरो अंकको सुधार, सबै समूह हरियाली
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १५.७० अंकले बढेर २ हजार ५६६.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले बढेर ४४३.५३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४५ वटा स्क्रिप्टको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० करोड ५४ लाख बढीको कारोबार भएको छ ।  

अघिल्लो दिन ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  थियो।  

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘बजार धेरै नै घटिसकेको छ, अब विस्तारै बजार फर्किन थालेको हो । साथै मंसिर महिनामा हुने भनिएको आन्दोलनले ठूलो प्रभाव पार्ने नदेखिएकाले लगानीकर्ताहरुमा कन्फिडेन्ट बढेको देखिन्छ । सूचीकृत कम्पनीहरुको धमाधम लाभांश घोषणा पनि भइरहेको छ । लगानीकर्ताहरुले बोनस सेयर खानका लागि भएपनि लगानी गर्न थालेका छन् । अझ एक दुई दिनको बजार हेरेर लगानीकर्ताहरुले सेयरबजारमा लगानी गर्न सक्ने देखिन्छ ।’

साथै अर्का बजार जानकार कविराज तिमल्सिना भन्छन्, ‘लगातार घटेको बजारमा आज केही सुधार देखिएको छ । बजार घट्नसम्म घटेपछि आज फर्किन थालेको जस्तो देखिन्छ । लगानीका अन्य सेक्टरभन्दा सेयरबजार बढी नाफामुखी र सुरक्षित रहेकाले पनि लगानीकर्ताहरु अब मनोबल बढाएर लगानी गर्न तयार छन् । सबै माहोल राम्रो हुँदै गइो भने रियल स्टेट सेक्टरमा लगानी गर्नेहरु पनि अब सेयरबजारमा छिर्ने  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज १.२८ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह ०.३१ प्रतिशत, विकास बैंक १.२५, फाइनान्स ०.८९, हाईड्रो ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त ०.४७, म्युचुअल फण्ड ०.०८, निर्जीवन ०.८४, अन्य ०.५३ र व्यापार समूह ०.०९ प्रतिशतले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ९१ लाख बढीको सेयर कारोबार भयो । वरुण हाईड्रोपावरको पनि आज १५ करोड ६८ लाख, माउन्टेन इनर्जीको १३ करोड ३१ लाख, सिनर्जी पावरको ९ करोड ९३ लाख र निफ्राको ९ करोड ९१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी,माबिलुङ इनर्जी, बुङ्गल हाईड्रो, बन्दीपुर केवलकार र झापा इनर्जीको  सेयरमूल्यमा अपर सर्किट लाग्यो ।    

यस्तै हिमस्टार उर्जाको सेयरमूल्य ८.७० प्रतिशत, मिड सोलु हाईड्रोको ७.०४ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.५८ प्रतिशतले बढ्यो ।  

यो दिन हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक अर्थात २.७८ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.