सोमबार, कार्तिक २,२०८३ 04:28:42
  • सोमबार, कार्तिक २,२०८३ 04:28:42
Global IME Bank Limited

एनएलजी र हिमालयन एभरेष्टको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको

Bizshala
एनएलजी र हिमालयन एभरेष्टको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ लाख ६५ हजार ८४ हजार १९२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ३.७१ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.७३ प्रतिशतले घटेको छ । बीमा उपसूचक घट्दा आज दुर्य बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । एनएलजी इन्स्योरेन्सको सेयरभाउ ०.८३ प्रतिशतले बढेर १२८१ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरभाउ ०.१४ प्रतिशतले बढेर ७३५ रुपैयाँ पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.६० प्रतिशतले घटेर ७९३ रुपैयाँ कायम भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ५.१४ प्रतिशत, नेपाल लाइफको ४.६५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.४९ प्रतिशत, नेशनल लाइफको ४.४९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.४८ प्रतिशत, आइएमई लाइफको ४.४५ प्रतिशत, सुर्यज्योति लाइफको ४.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ४.१९ प्रतिशत, सन नेपाल लाइफको ४.१६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ४.०३ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.८६ प्रतिशतले सेयरभाउ घटेको छ । 

यसका साथै सिटिजन लाइफको ३.७८ प्रतिशत, एशियन लाइफको ३.६१ प्रतिशत, सानिमा जिआइसीको ३.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.३३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.१८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१४ प्रतिशत, हिमालयन लाइफको ३.०८ प्रतिशत, युनाइटेड अजोडको २.७१ प्रतिशत, नेको इन्स्योरेन्सको २.२८ प्रतिशत, एलआइसी नेपालको १.८५ प्रतिशत र आरबीसीएलको ०.९१ प्रतिशतले सेयरभाउ घटेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.