सोमबार, कार्तिक २,२०८३ 04:28:11
  • सोमबार, कार्तिक २,२०८३ 04:28:11
Global IME Bank Limited

गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्,‘आगामी कारोबारबाट सम्हालिन्छ बजार’

Bizshala
गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्,‘आगामी कारोबारबाट सम्हालिन्छ बजार’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.१९ अंकले घटेर २ हजार ६१७.९५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले घटेर ४६९.८० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘हाल लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति लिन सकेको छैन । आन्दोलन र राजनीतिक कारणले नयाँ लगानीकर्ता बजार प्रवेश गर्न सकेका छैनन् ।’

यसको साथै बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण समेत अपेक्षा अनुरुप आउन नसक्दा बजारले गति लिन नसकेको पौडेलको ठम्याई रहेको छ । ‘राजनीतिक रुपमा केही अन्यौलता रहेता पनि आर्थिक रुपमा भने बजारको अवस्था अनुकूल नै रहेको छ । त्यसैले केही ठूलाले सेयर संकलन गरेको हुन सक्ने देखिन्छ,’ उनले भने ।  

त्यसैगरि, अर्को बजार जानकार दामोदर गजुरेलले पनि आज सम्म सेयर बेचेका लगानीकर्ताले तिहारको लागि खर्च जुटाउन सक्ने भएको काराण आज बजारमा बिक्री दबाद आएको तर्क प्रस्तुत गरे । प्राबिधिक रुपमा पनि बजार २६०० विन्दुबाट तल नजाने र आगामी कारोबारबाट गति लिने गजुरेलले बताए । उनले भने, ‘आज बाट बजार सम्हालिएको छ । अब आन्दोलनको प्रभाव पनि सकिदै गएका कारण सेयर बजारमा ठूलो असर पर्दैन ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज जीवन बीमा समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.१५ प्रतिशतले बढेर १२ हजार ८२५.७८ विन्दुमा पुग्यो ।  

यस्तै आज वित्त समूह १.११ प्रतिशत,वित्त ०.६९,हाईड्रो ०.४७ र व्यापार समूह ०.३९ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३० प्रतिशतले ओरालो लाग्यो । विकास बैंक समूह आज ०.५१ प्रतिशत,लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.९१,लघुवित्त ०.७३,म्युचुअल फण्ड ०.४२,निर्जीवन बीमा ०.४४ र अन्य समूह ०.३२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन आईसीएफसी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ६४ लाख बढीको कारोबार भयो । एसबीआई बैंकको आज २१ करोड ६२ लाख,सिईडिबि हाईड्रोको १८ करोड ८६ लाख, नेपाल फाइनान्सको १८ करोड र समृद्धि फाइनान्सको १८ करोड १२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज एलआईसी नेपाल,रिभर फल्स पावर,माईखोला हाईड्रोपावर,समृद्धि फाइनान्स र कालिञ्चोक दर्शनको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

मकर जितुमाया सुरीको सेयरमूल्य पनि आज ७.३९ प्रतिशत,नेपाल फाइनान्सको ६.६८ र जानकी फाइनान्सको सेयरमूल्य ५.९० प्रतिशतले बढ्यो ।  

यो दिन नेपाल एसबीआई बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ६.७९ प्रतिशतले घट्यो । प्राइम कमर्सियल बैंकको सेयरमूल्य ४.१७ प्रतिशत र राँवा इनर्जीको सेयरमूल्य ४.०३ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.