सोमबार, कार्तिक २,२०८३ 04:31:05
  • सोमबार, कार्तिक २,२०८३ 04:31:05
Global IME Bank Limited

दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली

Bizshala
दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको बढोत्तरी भएको छ ।  

आज नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५० अंकले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको हो ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले बढेर ४४४.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत दुई महिनाकै उच्च हो । यसअघि गत मंसिर १७ मा १० अर्ब ५४ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डे भन्छन्,  ‘आज बजारमा कारोबार र सूचक दुवैमा सुधार आएको छ । यसले बजारमा सकारात्मक माहोल बन्दै गरेको बुझिन्छ । बजारमा तरलता अधिक हुनु, नयाँ स्टक एक्सचेञ्जको चर्चा हुनु र पुस मसान्तको दबाब सकिनु जस्ता विषयले अब बजार २६ सय विन्दु तल जाँदैन भन्ने निश्चित भएको छ ।’

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि सहज तरलता हुनु र हालको गर्भनरको बहिर्गमन र नयाँ गभर्नरको आगमनले बजारमा नयाँ आशा पलाउने बताए । ‘सेयर बजार प्राय्रः सेन्टिमेन्टमा चल्ने भएकाले यसले बजारमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज विकास बैंक समूह सर्वाधिक बढ्यो। यो समूह आज ४.०७ प्रतिशतले बढेर ५ हजार ८६४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.२२ प्रतिशत,फाइनान्स १.८८,होटल ०.६८,हाईड्रो १.४९,लगानी १, जीवन बीमा ०.०८,उत्पादन तथा प्रशोधन १.२३,लघुवित्त ०.४८,म्युचुअल फण्ड ०.१२,निर्जीवन बीमा ०.२८,अन्य १.७४ र व्यापार समूह ०.२४ प्रतिशतले बढ्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड १२ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २९ करोड ३ लाख, एनआरएन इ्रन्फ्रास्ट्रक्चरको २८ करोड ८७ लाख, हिमालयन पावर पार्टनरको १९ करोड ४४ लाख र ङादी ग्रुप पावरको १७ करोड ५९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त, सिक्लेस हाईड्रोपावर, थ्रिस्टार हाईड्रोपावर, जानकी फाइनान्स, न्यादी हाईड्रोपावर र सामुदायिक लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन दोल्ती पावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य आज ८.४३ प्रतिशतले घट्यो । सप्तकोशी डेलभपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.६३ प्रतिशत र भूगोल इनर्जीको २.८७ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.